लेखनाथ जेसिजमा नयाँ नेतृत्व

समाधान संवाददाता, लेखनाथ
लेखनाथ जेसिजको २३ औं वार्षिक साधारण सभा तथा २२ औं शाखा अधिवेशनले वर्ष २०२१ का लागि नवराज पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
वर्तमान कार्यसमितिका महासचिव पौडेल अध्यक्ष र अरु पदाधिकारी तथा सदस्यसमेत सर्वसम्मत चयन भएका हुन् ।
निर्वाचन आयुक्त शालिकग्राम ओझाका समितिको कार्यकारिणी उपाध्यक्षमा प्रकाश राइभाट र कृष्ण तिवारी चुनिएका छन् ।
उपाध्यक्ष सञ्जीव न्यौपाने, मौसम बराल, सर्विन्द्र न्यौपाने र रेगन जिसी र शाखा सम्पादकमा संगीत पौडेल चुनिएको जानकारी ओझाले दिए ।
महासचिवमा चन्द्रप्रकाश (सिपी) ढुंगाना, सहसचिवमा मनोज बराल, कोषाध्यक्षमा प्रदीप आचार्य, तालिम आयुक्त उत्तम श्रेष्ठ, वृत्ति सभापतिमा सुजन न्यौपाने, शुक्रबारीय प्रवचनमालामा मनोज चापागार्इं, प्रकरण निर्देशकमा नारायण आचार्य, सचिवालय व्यवस्थापनमा शिवराज अधिकारी चयन भएका छन् ।
जुनियर जेसिज संयोजकमा सविना बसौला, जेसिज गाउँ संयोजकमा जीवन तिवारी, वातावरण संयोजकमा विनोद पौडेल, स्वास्थ्य संयोजकमा नवराज तिवारी र संघसंस्था संयोजकमा प्रवलमणि भण्डारी छन् ।
अध्यक्ष सल्लाहकार मण्डलमा अर्जुन ओझा, सञ्जीव ढुंगाना, शालिकग्राम ओझा, रोशन अधिकारी, बद्रीनाथ पौडेल र बुद्धिप्रसाद बास्तोलालाई चयन गरिएको छ । कानुनी सल्लाहकारमा नम्रता बास्तोला छिन् ।
यसअघि कार्यक्रमको उद्घाटन गर्दै नेपाल जेसिजका केन्द्रीय अध्यक्ष अशोक शंकरले जेसिज एउटा अभियान भएको बताए । युवाहरुलाई नेतृत्व लिन सिकाउँदै राष्ट्र निर्माणको अभियानमा सार्थक सहभागिता जनाउन जेसिजले प्रेरित गर्ने उनको भनाइ थियो ।
लेखनाथ जेसिजका अध्यक्ष चिरञ्जीवी न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष मञ्जु शाह, संस्थापकहरुको तर्फबाट सुरेन्द्रराज अधिकारी, पूर्वअध्यक्षहरुको तर्फबाट विनोदप्रसाद लामिछाने, मातृशाखाको तर्फबाट पोखरा जेसिजका अध्यक्ष शिव सापकोटा र लेखनाथ जुनियर जेसिजका अध्ययक्ष सुजन तिमिल्सेना लगायतले जेसिज सिक्ने र सिकाउने थलो भएको धारणा राखेका थिए ।
लेखनाथ जेसिजका निर्वतमान अध्यक्ष रोशन अधिकारीले स्वागत मन्तव्य राखको कार्यक्रमको सञ्चालन महासचिव नवराज पौडेलले गरेका थिए ।









बाँझो भिरालो जग्गामा सुन्तला फलाएर दलबहादुरले कमाए १६ लाख
चुनाव आउन ७१ दिन बाँकी : समानुपातिक सूची बनाउन दलहरू व्यस्त, आयोगको तयारी तीव्र
फागुन २१ को चुनाव : तीन दृश्यले घटायो सरकार र दलबीचको दूरी
टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया