पोखरामा प्याराग्लाइडिङ दुर्घटना, पाइलट राजुको मृत्यु

समाधान संवाददाता २०७७ मंसिर ८ गते १६:४९

समाधान संवाददाता, पोखरा

ल्यान्डिङ गर्ने क्रममा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ ।

ल्यान्ड गर्ने क्रममा सोमबार दिउँसो फेवाताल किनारको खपौदी क्षेत्रस्थित ल्यान्डिङ जोनभन्दा झन्डै डेढ किलोमिटर माथि जमिनमा प्याराग्लाइडिङ दुर्घटना भएको हो।

Advertisement

फिस्टेल प्याराग्लाइडिङ कम्पनीको ग्लाइडर दुर्घटना भएको हो ।

दुर्घटनामा पाइलट पोखरा महागरपालिका २८ कालिकाका ३८ वर्षीय राजु नेपालीको मृत्यु भएको प्रदेश प्रहरीले जनाएको छ । राजु लेकसाइड बस्थे ।

Advertisement

त्यस्तै ग्लाइडरमा सवार काठमाडौं बुढानीलकन्ठ नगरपालिका–२ की २८ वर्षीया शीला श्रेष्ठ घाइते भएकी छन् ।

दुवैलाई उपचारका लागि सिर्जनाचोकस्थित मेट्रोसिटी अस्पताल पुर्‍याइएको थियो । अस्पताल लगेपछि पाइलट नेपालीलाई चिकित्सकले मृत घोषण गरेका थिए ।

प्रहरीका अनुसार छाति र खुट्टामा चोट लागेकी घाइते श्रेष्ठको अवस्था गम्भीर छ ।

तपाईको प्रतिक्रिया