सोमबार थपिए १ सय २९ संक्रमित

समाधान संवाददाता २०७७ मंसिर ८ गते १८:४७

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा थप १ सय २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सोमबार प्रदेशका ९ जिल्लामा १ सय २९ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

Advertisement

थपिनेमध्ये कास्कीका ४७ जना छन् । नवलपुरमा २६, गोरखामा २३ संक्रमित थपिएका छन् । तनहुँमा १३, पर्वतमा ६, स्याङ्जा, म्याग्दीमा समान ५÷५ संक्रमित थपिँदा लमजुङ र बागलुङमा २÷२ संक्रमित थपिएका छन् ।

गण्डकीमा कुल कोरोना संक्रमितको संख्या ११ हजार १ सय ९० पुगेको छ । तीमध्ये ६ हजार २ सय २१ जना निको भएका छन् भने १ सय ४१ को मृत्यु भएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया