कास्की क्षेत्र नम्बर २ (ख) मा २५ योजना

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेश कास्की क्षेत्र नम्बर २ (ख) मा यस वर्ष निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत छनौट भएका योजना तथा विनियोजित बजेट सोमबार सार्वजनिक गरिएको छ ।
प्रदेश सभासदस्य विन्दुकुमार थापाको संयोजकत्वमा सो क्षेत्रका सांसदको बैठकले २५ योजना छनौट गरेको हो ।
निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको नियमावली अनुसार कृषि, पर्यटनसहित भौतिक पूर्वाधारका क्षेत्रलाई समेट्ने गरी २ करोड बजेटको योजना छनौट गरेको प्रदेश सभा सदस्य थापाले बताए ।
छानिएका २५ योजनामा एउटै कार्यक्रम पनि स्वास्थ्य क्षेत्रबाट भने परेको छैन । कोरोना भाइरसको महामारी बढिरहँदा स्वास्थ्य क्षेत्रलाई नै छाडेर विकास निर्माणका योजना ल्याइएको छ ।
पूर्वाधार विकास र पर्यटनमामात्र योजना आधारित भएको देखिन्छ । कास्की २ (ख) का गण्डकी प्रदेश सभाका सदस्य कुमार खड्का सरकारले नै स्वास्थ्यमा बजेट नहाल्न भनेपछि आफूहरुले बजेट विनियोजन नगरेको बताउँछन् ।
‘प्रदेश सरकारले स्वास्थ्य क्षेत्र हामी नै म्यानेज गर्छौं भनेपछि हामीले स्वास्थ्यका कार्यक्रम हालेनौं, सरकारले कृषि, पर्यटन र पशुपालनमा पैसा हाल भनेको छ, ’ उनले भने ।
अहिले गण्डकी प्रदेशमा कोराना भाइरसले बिकराल स्थिति ल्याएको र त्यसैको असरले बिरामीले पैसा तिरेरपनि उपचार नपाएको उनले बताए ।
आफूहरुले १ घर १ पिसिआरका लागि संसदमा पेश गरेको संकल्प प्रस्ताव बहुमतले अस्विकार गरेको सन्दर्भ केलाउँदै उनले भने, ‘त्यति बेला जसजसले अस्वीकार गर्नुभयो, अहिले उहाँहरु स्वयंले नै त्यसको महत्व बुझ्दै हुनुहुन्छ ।’
निर्वाचन क्षेत्र विकास कार्यक्रमले सांसदलाई विवादित बनाएको गण्डकी प्रदेशसभा, कास्की क्षेत्र नम्बर २ (ख) का प्रदेश सभाका सदस्य बिन्दुकुमार थापाले बताएका छन् ।
देश कोरोना भाइरसका कारण आक्रान्त बनिरहेका बेला यस्ता निर्वाचन क्षेत्र विकास कार्यक्रम लैजाँदा जनतामा सांसद झनै विवादित बन्ने थापाले बताए ।
अहिले कोरोना कोषमा पैसा जम्मा गर्नुपर्ने अवस्थामा प्रदेश सरकारले उत्पादनमुलक क्षेत्रमा योजना बाँड्न लगाएपछि झनै विवादित बनेको थापाको जिकिर छ ।
‘हामीले यो कार्यक्रमको पैसा कोरोना नियन्त्रण कोषमा हाल्नुपथ्र्यो, तर सरकारले उत्पादनमुलक क्षेत्रमा हाल भन्यो,’ थापाले भने ।
निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७७÷७८ कालागि आफ्नो क्षेत्रका योजना सार्वजनिक गर्दै थापाले यस्तो बताएका हुन् ।
के के छन् योजना ?
पोखरा महानगरपालिकाका वडा नम्बर ४, ८, ९, ११, १६ र २० कालागि कुल २ करोडका योजना तय भएका हुन् ।
२५ योजनामध्ये विन्दुकुमार थापा र कुमार खड्काले संयुक्त रुपमा १८ योजना राखेका छन् ।
तीमध्ये पोखरा ८ मा सरस्वती मन्दिर र सामुदायिक भवन निर्माणका लागि ३१ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
पोखरा ९ मा बुद्धमार्गमा नाली सहित बाटो निर्माणका लागि २५ लाख बजेट छुट्याइएको छ ।
पोखरा २०मा खरिकुनादेखि राधाकृष्ण मन्दिरसम्म पदमार्गका लागि १२ लाख रुपैयाँ बजेट विनियोजन हुँदा सिँचाइको पाइप खरिद तथा तारजालीकालागि १० लाख ९३ हजार, पोखरा ९ मा दरबारथोकदेखि महेन्द्र माविसम्म बाटो निर्माणका लागि १० लाख, महावीर कृषिमार्ग कुर तथा ऐतिहासिक चौतारी पुर्ननिर्माणक लागि ६ लाख, सरस्वती अम्बिका मन्दिरको पुननिर्माणकालागि ५ लाख ७५ हजार रुपैयाँको बजेट परेको छ ।
डाँडाथोक टोल सुधार समितिका लागि ल्यापटप, फर्निचर खरिदका लागि ५ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
शिवशक्ति मावि, नविन माविमा कम्पुयटर खरिद, सन्तानेश्वर शिवमन्दिरमा बाचनालय निर्माण, कालिमाटी मार्गमा नाला, स्ल्याब निर्माण, पोखरा १६ मा क्रियापुत्री भवन, गैह्राबारी जाने बाटो र कुँवर घाटीपाटन चौतरी पुननिर्माणका लागि समान ५÷५ लाख रुपैयाँ बजेट राखिएको छ ।
पोखरा ४ स्थित बौद्धिक अपांगता दिवा सेवा केन्द्रकालागि ल्यापटप, प्रिन्टर खरिदका लागि ४ लाख, बडहरबोट कृषि मार्ग संरक्षण र राजपँधेरामा कम्पोष्ट मल निर्माणका लागि ३÷३ लाख रुपैयाँ बजेट छुट्याइएको छ ।
पिपलडाली ऐतिहासिक कुवा निर्माणका लागि २ लाख २५ हजार र पोखरा १६ को गैह्राबारी आमा समुहको भवनमा शौचालय निर्माणकालागि २ लाख बजेट राखिएको प्रदेश सभा सदस्य थापाले बताए ।
कास्की २ (ख) का प्रदेश सभा सदस्य प्रभा कोइराला र मीना गुरुङले ५४ लाख ३२ हजार रुपैयाँका ७ योजना ल्याएका छन् ।
तुम्के, गल्र्याङ सडक स्तरोन्नतीका लागि २५ लाख, सुनौलो मार्गको बाटो स्तरोन्नतीका लागि ७ लाख, फुलबारीमार्गमा बाटो तथा रेलिङ् निर्माणकालागि ७ लाख विनियोजन गरिएको छ ।
बाँसखोलाबाट पाँडेथोकमार्गको स्तारोन्नती, चण्डीका मन्दिरमा कम्पाउण्डवाल र डाडागाउँबाटो स्तरोन्नतीका लागि समान ४÷४ लाख रुपैयाँ बजेट राखिएको छ ।
प्रगतिशिल आमा समुहमा फनिर्सिङ खरिदका लागि ३ लाख ३२ हजार रुपैयाँ बजेट प्रदान गरिएको छ ।









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया