सडक बालबालिकासंगै बाल दिवस

समाधान संवाददाता, पोखरा
चिल्ड्रेन नेपालको अन्नपूर्ण गाउँपालिका लेवाडेको फुलबारी स्रोत केन्द्रमा रहेका सडक बालबालिकासंग अन्तर्राष्ट्रिय बालअधिकार दिवस मनाइएको छ ।
‘सुन्दर भविष्यको परिकल्पनाः बालबालिकालाई राखौं संधै प्राथमिकतामा“ भन्ने नाराका साथ भएको कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक रामचन्द्र पौडेलले सरकारले सडक बालबालिकाको पुनस्थापनाको लागि सञ्चालन गर्ने अभियानमा संस्थाको सहकार्य भएको बताए ।
कार्यक्रममा कार्यकारी निर्देशक पौडेलको ६१ औं जन्म दिन समेत परेकोले बालबालिकाले उनलाई ढाका टोपी लगाएर सम्मान गरेका थिए ।
कार्यक्रममा संस्थाका वरिष्ठ कार्यक्रम अधिकृत शारदा शर्माले बालबालिकालाई सुरक्षित र व्यक्तित्व विकासका अलवा शिक्षा, स्वस्थ्य लगायतका संवेदनशिल विषयमा सबै सरोकारवालाको उत्तिकै जिम्मेवारी रहने बताइन् ।
कार्यक्रममा संस्थाका सहसंयोजक रमेश सुवेदी, नेपाल प्रहरी जवान प्रकाश बोहरा र नगर प्रहरी बलराम लामगादे लगायतले बालअधिकारको बारेमा बोलेका थिए ।
बालबालिकासंगै गीत गाउन,े असल कथाहरु आदानप्रदान गर्ने लगायतका सिर्जनात्मक गतिविधि गरेर बालअधिकार दिवस मनाइएको थियो ।









फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
चुनाव आउन ७२ दिन बाँकी : सरकारी तलब खाने र पीआरधारी समानुपातिक उम्मेदवार बन्न अयोग्य
प्रतिभा माविले जित्यो १८औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया