रुपाका कानूनका मस्यौदामा छलफल

समाधान संवाददाता २०७७ मंसिर ९ गते १०:४६

समाधान संवाददाता, पोखरा

रुपा गाउँपालिकाले बनाउन लागेका कानूनका मस्यौदाहरुको बारेमा सरोकारवालाहरुसंग राय सुझाव लिइएको छ ।

सयपत्री समाज पोखराले आयोजना गरेको कार्यक्रममा गाउँपालिका पदाधिकारी, विधायन समितिका सदस्य, कर्मचारी लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

Advertisement

सयपत्री समाज पोखराका निर्देशक गिरधारी सुवेदीले रुपा गाउँपालिकाको जलश्रोत उपयोग सम्बन्धी ऐन, वन ऐन, भूमि बंैक सम्बन्धी कार्यविधि र सामाजिक समावेशीकरण सम्बन्धी कार्यक्रम सञ्चालन कार्यविधिका मस्यौदा प्रस्तुत गरे ।

अधिकांश पालिकाहरुमा कानूनी विज्ञताको अभावमा कानून निर्माणमा समस्या रहेको उल्लेख गर्दै उनले रुपाका कानूनहरुको सामयिक संशोधन गर्न सकिने बिचार व्यक्त गरे ।

Advertisement

पालिकाका अध्यक्ष नवराज ओझाले कानून निर्माणका सन्दर्भमा सबै विषयवस्तुको ज्ञान नहुने भएतापनि अभ्यासका क्रममा हुने सिकाइसँगै कानूनी संरचनाको विकास गरिएको बताए ।

वन ऐन, भूमि बंैक सम्बन्धी ऐन लगायतका केही कानून केन्द्रले नबनाएका कारण समस्या भएको उल्लेख गर्दै उनले अब स्थानीय माटो सुहाउँदो कानून निर्माण गर्नुपर्ने आवश्यकता औल्याए ।

अध्यक्ष ओझाले मंसिरमहिनाभित्र सबै कानूनहरु निर्माण गरिसक्नु पर्ने अवस्था रहेको भन्दै अहिले सम्मका कानूनहरुको समीक्षा समेत गर्नुपर्ने भएकोले सहकार्यको अपेक्षा गरे ।

सयपत्री समाजका सल्लाहकार सह–प्राध्यापक ठानबहादुर क्षेत्रीले मानिस सामाजिक र राजनैतिक प्राणी भएकाले समाजलाई गतिशिल बनाउन नीति, नियम कानूनको आवश्यकता पर्ने बताए ।

उनले समाज रहेसम्म समस्याहरुको समाधानकालागि कानूनको आवश्यकता पर्ने बिचार व्यक्त गरे ।

तपाईको प्रतिक्रिया