बीमा दाबी गर्नेको संख्या बढेपछि कोरोना संक्रमितको नाम रुजु

काठमाडौं ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (इडिसिडी) ले कोभिड–१९ को बीमा दाबी गर्नेको संख्या बढेपछि रुजु गर्न थालेको छ ।
यसका लागि महाशाखाले वरिष्ठ जनस्वास्थ्य अधिकृत महेन्द्रध्वज अधिकारीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरी रुजु गर्न शुरुवात गरेको हो ।
बीमा समितिसँग समन्वय गरेर इडिसिडीले रुजु गरिरहेको उनले जानकारी दिए ।
उनका अनुसार अहिलेसम्म ५सय ३० जना कोभिड–१९ संक्रमित व्यक्तिको बीमाका लागि रुजु गरिसकेको छ ।
रुजु गर्ने क्रममा १५ प्रतिशतको विवरण नमिलेको जनाइएको छ । समितिले इडिसिडीमा प्राप्त विवरण र प्रयोगशालाले पठाएको विवरणबीच रुजु गरिरहेको छ ।
‘समित हो वा होइन भनेर दुवैबाट प्राप्त विवरणलाई रुजु गर्ने गर्दछौँ, समितिका संयोजक अधिकारीले भने, ‘दुबैमा मिलेपछि मात्र हामीले बीमाका लागि सिफारिस गर्दछौँ ।’ समितिले रुजु गरिसकेपछि मात्र बीमाबापतको रकम पाउनेछन् । उक्त समितिले नाम, उमेर र ठेगाना रुजु गर्ने गर्दछ ।
२०७७ भदौ २८ अगाडि बीमा गरेका कोभिड–१९ को संक्रमित ५० हजार र एक लाख बीमा तथा भदौ २९ गतेपछि बीमा गरेकाले २५ हजार र ७५ हजार रुपैयाँ पाउने गर्दछन् ।
बीमा समितिका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलले गलत रिपोर्ट लिएर बीमा दाबी गर्न थालेपछि रुजु गर्न थालिएको बताए ।
उनका अनुसार अहिलेसम्म करिब २५ हजार जनाले बीमा दाबी गरेका छन् । अहिलेसम्म नेपालमा दुई लाख २० हजार ३०८ जना संक्रमित भएका छन् ।
यस्तै एक लाख ९९ हजार २४ जना निको र एक हजार ३२१ जना संक्रमण्बाट निधन भइसकेको छन् ।









पोखरामा सांगीतिक प्रस्तुतिसहित स्वरसम्राटको सम्झना
क्यानका महानिर्देशक अधिकारी जेल चलान, निर्देशक भण्डारीसँग ५ लाख धरौटी
सकियो ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला
संसद् विघटनविरुद्ध एमालेपछि कांग्रेस पनि सर्वोच्चमा, ८ सांसदद्वारा रिट पेस
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया