बसभित्रै मृत भेटिए दिवस

समाधान संवाददाता २०७७ मंसिर ९ गते १७:२५

समाधान संवाददाता, पोखरा

कास्कीमा मंगलबार १ पुरुष बसभित्र मृतावस्थामा फेला परेका छन् ।

काँकाडभिट्टाबाट पोखरा आएको बसमा २८ वर्षीय दिवस केसी मृत फेला परेका हुन् ।

Advertisement

जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता सुवास हमालका अनुसार उनी भारतबाट गृहजिल्ला बागलुङ आएका थिए ।

मंगलबार बिहान साढे ९ बजे पृथ्वीचोक आइपुग्दा उनी बसभित्रको गल्लीमा उत्तानो अवस्थामा भेटिएका थिए ।

Advertisement

हमालका अनुुसार उनको मुखबाट रगत बगेको थियो । ‘काँकडभिट्टाबाट आउँदा नै बिरामी रहेछन्, थप अनुसन्धान हुँदैछ,’ हमालले भने ।

तपाईको प्रतिक्रिया