प्रदेशभर १४८ जना संक्रमणमुक्त

समाधान संवाददाता २०७७ मंसिर ९ गते १८:४३

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशभर मंगलबार १ सय ४८ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् ।

प्रदेशभर अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या ६ हजार ५ सय ४६ छ । ११ हजार ३ सय १४ जना कुल संक्रमितमध्ये ४ हजार ६ सय २७ जना सक्रिय संक्रमित छन् ।

Advertisement

मंगलबार प्रदेशभर १ सय २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

६ जिल्लामा १ सय २४ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

Advertisement

थपिनेमा कास्कीका ८२ जना छन् । गोरखामा १७, तनहुँमा ११, स्याङ्जामा ६, नवलपुरमा ५ र लमजुङमा ३ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रदेशभर ३ हजार ७ सय २ जना होम आइसोलेसनमा बसेका छन् । अहिलेसम्म प्रदेशमा १ सय ४१ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया