सडक र कृषिलाई प्राथमिकता

गण्डकी, रासस
गण्डकी प्रदेशको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत कास्की निर्वाचन क्षेत्र नं. २ प्रदेश (क) मा सडक र कृषिलाई प्राथमिकता दिँदै विकास योजनाका कार्यक्रम सार्वजनिक गरिएको छ ।
उक्त निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रत्येक्षतर्पmबाट निर्वाचित प्रदेश सभा सदस्य कृष्ण थापा र समानुपातिकतर्पmबाट प्रतिनिधित्व गर्ने प्रदेश सभाका उपसभामुख समेत रहेकी सिर्जना शर्माले मंगलबार सार्वजनिक गरिन् ।
सार्वजनिक योजना अनुसार सबैभन्दा बढी बजेट सडक पूर्वाधारका लागि बिभिन्न वडाका ९ योजनाका लागि ९० लाख छुट्याइएको प्रदेश सभा सदस्य कृष्ण थापाले जानकारी दिए ।
कृषिमा प्राथमिकतामा राख्दै सुरौदीखोला सातसय फाँट सिँचाइ कुलो र शिवमन्दिरदेखि होट पुलपारिबाटेका निर्माणका लागि २५। २५ लाख रुपैया छुट्याइएको छ ।
पोखरा महानगरपालिकाका पाँच वटा वडा समेटिएको सो प्रदेश निर्वाचन क्षेत्र अन्तर्गत पोखरा ७ घारीपाटनमा बाटो निर्माण १५ लाख, वडा नं. १५ एसओएस बालग्राम बहुउद्देश्यीय भवन निर्माण १५ लाख, पोखरा १७ डेमसाइड पार्क फेवाताल छेउ तारबार र फुडट्या १३ लाख, नमुना बाल केन्द्र भवन बाराही टोल १०, दामोदार कुना मार्ग १० लाख रुपैया विनियोजन गरिएको छ ।
उक्त कार्यक्रम अन्तर्गतको २ करोड रुपैयाका २५ वटा योजनामा विनियोजन रकम मध्ये पोखरा २१ संगमचोक, महवारी जाने बाटे ढलानमा १० लाख, प्राथमिक स्वास्थ्य चौकी ५ लाख लगायत आपतकालीन तारजाली खरिदका लागि पाँच लाख विनियोजन गरिएको छ ।
सार्वजनिक कार्यक्रममा प्रदेश सभा सदस्य थापाले घोषित कार्यक्रमहरु सफलताका लागि सम्वन्धीत स्थानका उपभोक्ता, जनप्रतिनिधि तथा सम्वद्ध सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।
निर्वाचन क्षेत्रका सबै क्षेत्र वर्ग र समुदाय समेटने गरी योजना छनोट गरिएको बताउँदै उनले छनोट गरिएका योजना गुणस्तरीय एवं तोकिएको समयमा सम्पन्न हुने विश्वास व्यक्त गरे ।
‘निर्वाचनका अवसरमा पार्टीको घोषणा पत्र अनुसार जनतासँग गरिएका प्रतिबद्धता अनुसार ७० प्रतिशत कार्य सम्पन्न भएको छ,’ उनले भने, ‘यस आर्थिक वर्षमा ३० प्रतिशत पूरा हुन्छ ।’
कास्की जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर क्षेत्रीयले छनोटमा परेका योजनाको पुस महिनासम्म सम्झौता गरी वैशाखसम्ममा निर्माण सम्पन्न हुने गरी कामलाई तिब्रता दिइनुपर्ने आवश्यकता औंल्याए ।
नेपाल कम्युनिस्ट पार्टी(नेकपा) कास्की सचिवालय सदस्य युवराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा पोखरा महानगरपालिका अध्यक्ष दीपक पौडेल, पोखरा ३३ का वडाअध्यक्ष शिवप्रसाद आचार्य, कार्यपालिका सदस्य राधिका शाही योगी लगायतले जनअपेक्षा अनुरुप विकास निर्माणका योजना अघि बढाइनुपर्ने आवश्यकता आंैल्याए ।








अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
समानुपातिकको प्रतिशत निर्धारण गर्न समिति गठन, ३ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
जब विद्यार्थीले प्रदर्शनी केन्द्रमै गुन्द्री बुने
पोखरामा ‘अन्डरग्राउन्ड पार्किङ’ नै अन्डरग्राउन्ड !
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया