मित्रता एग्रो प्रालिको अध्यक्षमा गुरुङ

समाधान संवाददाता २०७७ मंसिर १० गते १०:५९

समाधान संवाददाता, पोखरा

Advertisement

मित्रता एग्रो प्रालिको अध्यक्षमा विकास गुरुङ सर्वसम्मत चयन भएका छन् ।

युवा व्यवसायीबीच साथ, सहयोग र सहकार्य भन्ने नाराका साथ सञ्चालित युथ कम्युनिटी क्लबमा आवद्ध सदस्यहरुको सामूहिक लगानीमा सञ्चालित मित्रता इन्भेस्टमेन्ट कम्पनीद्वारा सञ्चालित मित्रता एग्रो प्रालिको हालै सम्पन्न बैठकले विकास गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

प्रालिको उपाध्यक्षमा ईशा गुरुङ, सचिवमा चुननारायण श्रेष्ठ र कोषाध्यक्षमा कृष्णप्रसाद दाहाल चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा चिनबहादुर गुरुङ, शर्मिला लामा, मनोज गुरुङ, मिलन कुँवर, रोशन अधिकारी, जीवन पौडेल, रुवि रञ्जीत चयन भएका छन् । सल्लाहकारहरुमा पूर्णकुमार श्रेष्ठ र जयन्ती मोक्तान चयन भएका छन् ।

Advertisement

युथ कम्युनिटी क्लबमा आवद्ध सदस्यहरुद्वारा सञ्चालित मित्रता इन्भेस्टमेन्ट कम्पनी प्रालिद्वारा सञ्चालित मित्रता एग्रो प्रालिले हालै पोखरा ३३ मा रहेको पिग पार्कमा बंगुरपालन समेत गर्दै आइरहेको छ । कृषि सम्बन्धी विभिन्न कार्यक्रम आयोजनासमेत गर्ने तयारी रहेको प्रालिले जनाएको छ ।

त्यसैगरी मुलुकभर आफ्नो क्लबको समेत विस्तार गर्ने योजना रहेको क्लबले जनाएको छ ।

तपाईको प्रतिक्रिया