दम्पतीका नाममा लालपुर्जा दिन भूमिहीनको माग

समाधान संवाददाता, पोखरा
अव्यवस्थित बसोबास गर्दै आएका भूमिहीन सुकुम्बासीले श्रीमान श्रीमती दुवैको स्वामित्व हुने गरी लालपुर्जा वितरण गर्न माग गरेका छन् ।
राष्ट्रिय भूमि अधिकार मञ्च कास्कीले पोखरा महानगर पालिकामा ज्ञापन पत्र बुझाउँदै सुकुम्बासीलाई निशुल्क जग्गाधनी प्रमाणपत्र वितरण गरिनुपर्ने माग गरेको हो ।
मञ्चका अध्यक्ष प्रेमबहादर गुरुङ नेतृत्वमा गएको भूमिहीनहरुको टोलीले महानगर प्रमुख मानबहादर जिसी र वडा नं १५ का वडाध्यक्ष प्रकाश पौडेललाई छुट्टाछुट्टै भेट गरेको हो ।
टोलीले विभिन्न १० वटा माग पेश गरेको छ । अव्यवस्थित बसोबासीलाई न्यूनतम शुल्क लिएर पुर्जा प्रदान गर्ने, पोखरा १५ द्वारे खरवारी मजुवा बस्तीका ४० घरधरी परिवारको भोगाधिकारसहित सोही स्थानमा पुर्जाको व्यवस्था हुनुपर्ने पनि माग गरिएको छ ।
बस्तीमा प्रहरी तालिम केन्द्रको संरचना बनाउन लागिएको छ । विस २०४१ सालदेखि बसोबास गर्दै आएका बासिन्दालाई पटकपटक घरटहरा खाली गरिदिनु भन्दै सूचना टाँस गर्न थालेपछि सर्वसाधरण तनावमा परेको पनि मागपत्रमा उल्लेख छ ।
भूमिहीनको भोगाधिकारको आधारमा सो पुर्जासहितको व्यवस्था गरी तालिम केन्द्रको निर्माण गर्न पनि आग्रह गरिएको छ ।
त्यसैगरी पोखरा ९ को पुरानो बसपार्क, वडा ६ को गाईघाट अनि वडा नं २६ को पैतेडाँडासहित विभिन्न स्थानमा रहेका भूमिहीनहरुको व्यवस्थापन गरियोस् भन्ने माग उनीहरुको छ ।
भूमि बैैंकमा जम्मा भएका जग्गा निशुल्क वा न्यूनतम शुल्कमा खेती गर्न उपलब्ध हुनुपर्ने र भ्रष्टकर्मचारीहरुसँग मिली भूमाफियाहरुले दर्ता गरेका सरकारी सार्वजनिक तथा गुठी जग्गाहरु छानबिन गरी दर्ता खारेज तथा पुर्जा खारेज हुनुपर्ने उल्लेख छ ।
भूमिहीनका मागबारे जानकार रहेको भन्दै महानगर प्रमुख जिसी र वडाध्यक्ष पौडेलले सरकारसँग समन्वय गर्ने जानकारी दिए ।
उनीहरुले महानगरको एकल प्रयासबाट सुकुम्बासी समस्या समाधान हुन नसक्ने भन्दै सबैको सहयोग र समन्वयबाट अगाडि बढ्न पर्नेमा जोड दिएका थिए ।









ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया