ज्येष्ठ र विपन्नलाई सिरक वितरण

समाधान संवाददाता, पोखरा
कास्कीको मादी गाउँपालिका वडा नं ६ तप्राङका ज्येष्ठ नागरिक तथा विपन्न परिवारका सदस्यलाई सिरक वितरण गरिएको छ ।
पोखरा खरिकुना घर भई हाल हङकङमा रहँदै आएका समाजसेवी क्षेत्रबहादुर गुरुङ र ऋचा गुरुङको परिवारको आर्थिक सहयोग र पदमबहादुर तथा कुलकुमारी गुरुङ स्मृति प्रतिष्ठानको व्यवस्थापनमा तप्राङका ४५ जना ज्येष्ठ नागरिक र विपन्न परिवारका सदस्यलाई सिरक वितरण गरिएको हो ।
कार्यक्रममा उक्त वडाका वडाध्यक्ष पसबहादुर बास्तोलाले ज्येष्ठ नागरिक र विपन्न परिवारका लागि बाँडिएको सिरकसँगै मानवीय रुपमा न्यानो माया पनि बाँडेको बताए ।
हरेक मानवले मानवीय धर्म पूरा गर्दै अर्को मानवको अनुहारमा खुसी खोज्न सके कोही पनि दुःखी हुन नपर्ने उनको भनाई थियो ।
बाँस्तोलाले वडाको समन्वयमा आर्थिक अवस्था कमजोर भएका ६० वर्ष माथिका र ७० वर्ष काटेका ज्येष्ठ नागरिकहरुको पहिचान गरेर सिरक वितरण गरिएको जानकारी दिए । उनले वडाले गत वर्ष ज्येष्ठ नागरिक सम्मान कार्यक्रम गरेको समेत सुनाए ।
प्रतिष्ठानका अध्यक्ष एवम् कार्यक्रम संयोजक पवित्रा गुरुङलेहङकङमा रहेका क्षेत्रबहादुर गुरुङ र उनको परिवारले विगत वर्षहरुमा विभिन्न क्षेत्रका गरीब तथा विपन्न वर्गहरुलाई आफ्ना दिवंगत बाजे प्रसाद गुरुङ, बजै मनश्री गुरुङ, बुबा दिलबहादुर गुरुङ तथा सासु आमा मिठु गुरुङको सम्झनामा सहयोग गर्दै आएको जानकारी दिँदै यस वर्ष मादी तप्राङका ज्येष्ठ नागरिकलाई सिरक वितरणका लागि आर्थिक सहयोग गरेको बताए ।
उनले भौतिक शरीर टाढा हुँदैमा आफ्नो देश गाउँ ठाउँ आफन्त इष्टमित्रको माया टाढा नहुने जनाउँदै एकअर्काको दुःखमा सारथी बन्नु नै नेपालीको पहिचान भएको बताए ।
प्रतिष्ठानका सचिव एवं महारुद्र मावि तप्राङका प्रधानअध्यापक गंगाधर बरालले समाजसेवी महिला उद्यमी एवं यस तप्राङकी चेली पवित्रा गुरुङले पिता पदमबहादुरको वार्षिक स्मृतिको दिन पारेर तप्राङको महारुद्र माविमा विशेष कार्यक्रम मार्फत् सिरक वितरण गरेको बताइन् ।
जाडोमा न्यानो सिरक पाउँदा ज्येष्ठ नागरिक तथा विपन्न परिवारको अनुहारमा खुसी छाएको थियो ।









गण्डकको सेयर पुँजी पौने ३ करोड
हिउँ चितुवाको सर्वेक्षण सुरु
पोखरा–२१ मा सुन्तला महोत्सव गते
सम्पादकीय—नयाँ चुनाव र ओलीका चुनौती
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया