गुञ्जियो एभरेस्ट एफएम

समाधान संवाददाता, पोखरा
कोरोना संक्रमण सुरु भएपछि मिडिया क्षेत्रको आम्दानी खुम्चेर पत्रकारले रोजगारी गुमाइरहेका बेला पोखरामा भने रेडियो थपिएको छ ।
एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएमले बुधबारदेखि प्रशारण सुरु गरेको छ ।
मिडिया हाउसकी अध्यक्ष कर्मकुमारी गुरुङले रेडियो सुभारम्भ गरिन् । व्राह्मण गुरु र लामा गुरुहरुको स्वस्ती वाचनसँगै रेडियोले प्रशारण थालेको हो र
एभरेस्ट मिडिया हाउसले यसअघि एभरेस्ट आवाज डटकम सञ्चालनमा ल्याइसकेको छ । युट्युब च्यानल टिभी एभरेस्ट पनि छिटै सञ्चालनमा ल्याउने प्रालिले जनाएको छ ।
९३ मेगाहर्जमा सुनिने एभरेस्ट एफएमलाई आवाजविहीनहरुको आवाज बनाउन प्रयास गरिने रेडियोका प्रबन्ध निर्देशक दीपेन्द्र श्रेष्ठले बताए ।
उनले पत्रकारिता नाफामुखी नभई सेवामुखी पेसा भएको भन्दै २ दसकको अवधिमा आफूले हासिल गरेको अनुभव देश र नागरिकमा समर्पित गर्ने प्रतिबद्धता जनाए ।
एफएमलाई शुभकामना दिँदै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले एभरेस्ट एफएम नामजस्तै उच्च हुनेमा आफू विश्वस्त रहेको बताए ।
उनले नागरिकको स्वास्थ्य सुरक्षाका लागि प्रदेश सरकार लागी परेको उल्लेख गर्दै गरेको कामको प्रशंसासहित हौसला प्रदान गर्न र कहिँकतै चुक्दा खबरदारी गर्न पत्रकारिताको माध्यमबाट एभरेस्टले सघाउने विश्वास व्यक्त गरे ।
अध्यक्ष कर्मकुमारी गुरुङले एफएमलाई सबै गण्डकीबासीको बनाउन आफूहरु सँधै प्रयत्नशील रहने बताइन् ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले अनुकुलतामा सबैले प्रगति गर्ने भन्दै प्रतिकुलतामा पनि अनुकुलता देखेर एभरेस्ट एफएम अगाडि बढ्नु सरहानीय भएको भन्दै सफलताको शुभकामना व्यक्त गरे ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष त्रिभुवन पौडेलले खारिएका पत्रकारहरुको टिमले सुरु गरेको एभरेस्ट एफएम चाँडै नै गण्डकीमा लोकप्रिय बन्ने विश्वास व्यक्त गरे ।
न्यूनतम पारिश्रमिक निर्धारण समितिका निवर्तमान अध्यक्ष गंगाधर पराजुलीले एभरेस्ट एफएम पत्रकारिताको क्षेत्रमा उदाहरणीय बन्न सकोस् भन्दै शुभकामना व्यक्त गरे ।
तमु धिँ नेपालका अध्यक्ष हुमबहादुर गुरुङले आदिवासी, जनजातिसँगै सीमान्तकृत समुदायको आवाजसमेत एभरेस्ट एफएमले प्रशारण गरेर उनीहरुको हक, हित र अधिकार प्राप्तिमा सघाउने विश्वास व्यक्त गरे ।









गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
स्याङ्जा आरुचौर एकता समाजको अध्यक्षमा पौडेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया