म्याराडाेनाकाे निधन

समाधान संवाददाता २०७७ मंसिर ११ गते ७:१३

एजेन्सी

विश्वका लेजेण्ड फुटबलर डिएगो म्याराडोनाको निधन भएको छ । कार्डिक अरेस्टका कारण बिरामी परेका उनको ६० वर्षको उमेरमा बुधबार निधन भएको हो।

अर्जेन्टिनाका महान खेलाडीलाइ घरमै रहेका बेला हृदयघात भएको हो । दुई हप्ता पहिले ब्लड कल्ट बनेपछि उनको मस्तिष्कको शल्यक्रिया भएको थियो ।

Advertisement

म्याराडोनालाई विश्वका सर्वकालिन सर्वोत्कृष्ट फुटबलरका रुपमा लिइन्छ । बिस्तारित खेल जीवनमा उनले सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि दिलाएका थिए ।

उनले बोका जुनियर, नापोली र बार्सिलोनाबाट व्यवसायिक फुटबल खेलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया