सांसद पुष्पालाई विद्यावारिधि

समाधान संवाददाता २०७७ मंसिर ११ गते १०:५८

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेश सभा सदस्य पुष्पा केसी भण्डारीले विद्यावारिधि गरेकी छन् ।

प्रदेश सभामा तत्कालीन नेपाल कम्युनिस्ट पार्टीबाट समानुपातिक सांसद निर्वाचित केसीले ग्रामीण विकासमा सामुदायिक वनको भूमिका ः लैंगिक दृष्टिकोणबाट विश्लेषण शीर्षकमा विद्यावारिधि गरेकी हुन् ।

Advertisement

७ वर्षअघि विद्यावारिधि अध्ययन थालेको र अहिले आएर पूरा भएको सांसद केसीले बताइन् ।

सरकारी जागिर, प्रोजेक्ट हुँदै वन विज्ञान अध्ययन संस्थानमा १२ वर्षको प्राध्यापन अनुभव लिएकी उनी अधिकारको सवालमा पैरवीसमेत गर्दै आएकी छन् ।

Advertisement

केही समय रेञ्जरको जागिर खाएकी उनी वन अधिकृतको रुपमा लामो समय गैरसरकारी संस्थामा काम गरिन् ।

पोखराबाटै सुरु भएको क्षत्री समाजको आन्दोलनमा समेत उनी सहभागी थिइन् ।

तपाईको प्रतिक्रिया