बन्दुक समातेका हातमा कुटोकोदालो

समाधान संवाददाता २०७७ मंसिर ११ गते ११:०३

यी फौजीको कृषि तथा पशुपालन फार्म हेर्न स्थानीयको अहिले भिड लाग्न थालेको छ

गौरव त्रिपाठी, पोखरा

भारतीय फौजमा दुई दशक समय बिताएरनेपाल फर्केका दुई युवाले कृषि व्यवसाय सुरु गरेका छन् ।

Advertisement

गिरीथापा पशुपालन तथा कृषि फार्मदर्ता गरेर कास्कीकोटका २ युवा प्रेमबहादुर थापा र ताराबहादुर गिरी कृषिमा लागेका हुन् ।

‘सामूहिक रुपमा गाउँमै कसैले कुनै पनिव्यवसाय अहिलेसम्म सञ्चालन गरेका छैनन् । हामीले अरुलाई पनि उदाहरण होस् भनेर सुरु गरेका हौं,’सञ्चालक प्रेमबहादुर थापाले भने ।

Advertisement

करिब ५० रोपनी जग्गामा बाख्रा,कुखुरापालन गरीविभिन्न प्रजातिका हिउँदे तरकारी बाली लगाएको जानकारी उनले दिए । सेनाबाट निवृत भए पछि कहिले बस किनेर व्यवसाय गरे कहिले विदेश जाने सोच बनाए तर पछिउनीहरुलाई आफ्नै गाउँमा केही गरौं भन्ने सोच पलायो ।

‘भारतीय सेनामा काम गर्दा विभिन्न युद्धहरुमा सहभागी भयौं, ज्यानको बाजीनै थापेर अर्काको देशमा पसिना बगायांै अब जे गरिन्छ आफ्नै माटो आफ्नै भूमिमा गरिन्छ,’अर्का सञ्चालक ताराबहादुर गिरीले बताए ।

गिरी सेवा निवृत्तपछि पनि भारतको एक कम्पनीमा काम गर्न गएका थिए तर, कोरोनाका कारण नेपाल फर्कन बाध्य भए ।

केही समय अरु देश जाने हुटहुटी पनि गिरीलाई नचलेको होइन् तर विदेशमा पनि आम्दानी भने जस्तो नहुने भन्दै आफ्नै देशमा केही गरेर कमाउन सकिने दाबीका साथ कृषि व्यवसाय गरेको बताउँछन् ।

गाउँमा खाली रहेको विद्यालयको भवन भाडामा लिएर उनीहरुले विभिन्न प्रजातिका कुखुराहरु पालेका छन् । गाउँमा खालीजीर्ण घरहरुको मर्मत सम्माार गरी बाख्रा तथा भैंसी पालेको थापाले बताए ।

फौजीमा हँुदा दैनिक गोली बारुदको आवाज सुन्नुपथ्र्यो तर अहिले कुखुरा बाख्राका आवाज सुन्दा निकै आन्नदको महसुस हुने थापा बताउँछन् । धेरै युवाहरु विदेश जाने लहडमा छन् तर म पनि धेरै वर्ष विदेश बसे,विदेशमा गर्ने दुखः जस्तै यहीं गर्न सक्नेले यही धेरै आर्थिक आम्दानी गर्न सक्ने भन्दै युवाहरुलाई विदेश नजान उनले अनुरोध गरेका छन् ।

राइफल समातिरहने हातले घाँस,दाना,पानी वस्तुभाउलाई दिँदा उनीहरुको मन पनि पुलकित भएको छ ।

करिब५० लाखको लागतमा २ फौजीले कृषि फार्म सुरु गरेका छन् । स्थानीय प्रजातिका जातका बाख्रा कुखुराहरु उनीहरुको फार्ममा पाइन्छन् । लकडाउनकै बीचमा अब विदेश जान रोकिएपछि फौजीले विभिन्न ठूला कृषि फर्महरु अवलोकन गरेर सुरु गरेका हुन् ।

यी फौजीको कृषि तथा पशुपालन फार्म हेर्न स्थानीयको अहिले भिड लाग्न थालेको छ । अहिलेसम्म बिनातालिम फौजीहरुले कृषि फार्म सञ्चालन गरेका छन् ।

उनीहरुको कृषि फार्म देखेर गाउँका वृद्धहरु खुसी भएका छन् । अधिकांश घरका युवाहरु गाउँ छोडेर सहर तथा विदेशमा गएका छन् । फौजीका युवाहरु अहिले गाउँका वृद्धहरुका साथी भएको स्थानीय ७२ वर्षे कौ गिरीले बताए ।

‘गाउँका कतिले त अनुदानको लागि कृषि गरेको भन्ने आरोप समेत लगाएका छन् तर, हामी फौजीको रिटायर मान्छे हामीलाई अनुदान खानु पर्दैन हाम्रै पेन्सन छ,’ गिरीले भने,‘हामी त गाउँमा भएको स्रोत साधनको प्रयोग गरौं फौजी जोस त्यसै खेरा नफालौं भनेर कृषि काम सुरु गरेको हौं ।

पैसा कमाउने अन्य बाटाहरु पनि थिए तर, हामीले सबैभन्दा दुखी क्षेत्र अगालेऔंविदेशमा अरु मालिक थिए आफू कामदार अहिले आफै मालिक आफै कामदार भएको गिरी बताउँछन् ।’

तपाईको प्रतिक्रिया