सर्वेश्वर सहकारीको रक्तदान

समाधान संवाददाता, पोखरा
सर्वेश्वर सहकारी संस्थाले बुधबार गरेको कार्यक्रममा ३२ युनिट रगत संकलन भएको छ ।
पोखरा महानगरपालि की वडा सदस्य सरस्वती नेपालीले पहिलो रक्तदाता सेयर सदस्य कृष्णबहादुर बल्छौडीलाई ब्लड ब्याग हस्तान्तरण गरेर कार्यक्रम उद्घाटन गरिन् ।
उनले सहकारीले नाफाका लागी मात्र नभई समाजमा सकरात्मक सन्देश दिने खालका कार्यक्रम राखेर अगाडि बढ्न सहकारीसँग आग्रह गरिन् ।
संस्थाका अध्यक्ष चक्रबहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा रक्तसञ्चार केन्द्र पोखरा प्रमुख अर्जुन ज्ञवालीले हरेक स्वस्थ मानिसले ३ ÷३ महिनामा रक्तदान गर्न सकिने बताए ।
संस्थाका सल्लाहकार चन्द्रकान्त पौडेलले सहकारीले स्थापनाको छोटो समयमा उदाहरणीय काम गरेर स्थानीयको मन जित्न सफल भएको बताए ।
संस्थाकी सचिव अमृता बास्तोलाले सञ्चालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष डम्बरप्रसाद पौडेलले गरेका थिए ।








कास्की क्षेत्र नम्बर २ मा रास्वपाबाट उत्तम पौडेलको उम्मेदवारी दर्ता
देशभर २ हजार ९२५ उम्मेदवारी दर्ता, ३३६ महिला चुनावी मैदानमा
कास्की क्षेत्र नम्बर १ मा कांग्रेस, एमाले र रास्वपासहित १७ जनाको उम्मेदवारी दर्ता
म्याग्दीमा महावीर पुनसहित १३ जनाको उम्मेदवारी दर्ता, चुनावी माहोल तातियो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया