८ महिनापछि खुल्यो पवर्ततीय संग्रहालय

समाधान संवाददाता २०७७ मंसिर ११ गते ११:२३

गण्डकी, रासस

पोखरा महानगरपालिका–१७ रातोपैह्रामा सञ्चालित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय मंगलबारदेखि खुला गरिएको छ ।

विश्वव्यापीरूपमा पैmलिएको कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले २०७६ चैत ११ देखि सुरु गरेको बन्दाबन्दीका कारण विगत आठ महिनादेखि संग्रहालय बन्द थियो ।

Advertisement

नेपाल पर्वतारोहण संघद्वारा स्थापना गरी सञ्चालनमा आएको सो संग्रहालयमा खुला भएको पहिलो दिन ३३ पर्यटकले अवलोकन गरेको संग्रहालयका निर्देशक शंकर गौतमले जानकारी दिए ।

उनका अनुसार माक्स, स्यानिटाइजरलगायत स्वास्थ्य मापदण्डको पूर्णरूपमा पालना गरी संग्रहालय सञ्चालनमा ल्याइएको छ ।

Advertisement

संग्रहालय अवलोकनका लागि विद्यार्थी ५०, नेपालीलाई १ सय, सार्कका लाई २ सय र बाह्य पर्यटकलाई ५ सय र गार्डेनका लागि ३० को टिकट व्यवस्था गरिएको छ ।

संग्रहालयमा हिमाली क्षेत्रमा बसोबास गर्ने मानिसको जनजीवन झल्कने सामग्रीलगायत विश्वका हिमचुचुरामा आजसम्म भए गरेका गतिविधि, पर्वतमाला, जलवायु परिवर्तनको असर, चट्टान तथा जीवजन्तु राखिएको छ ।

करिब साढे ४ रोपनी क्षेत्रफल ओगटेको सङ्ग्रहालय भवनमा पर्वतारोहण, पदयात्री, हिउँचिप्लेटी, शिकार, अनुसन्धान, मानवीय गतिविधिका महत्वपूर्ण एवं ऐतिहासिक पक्षको प्रदर्शनी, उपकरण संकलन र जानकारीमूलक सामग्रीसमेत प्रदर्शनमा राखिएको छ ।

कोरोना संक्रमणका बाबजुत पनि लामो समयपछि भ्रमणको लागि पर्यटकीय नागरी पोखरा आएका अन्तरिक पर्यटकका लागि संग्रहालय खुलेसँगै थप गन्तव्य बन्ने विश्वास निर्देशक गौतमको रहेको छ । कर्मचारी र अवलोकनकर्ताका लागि उचित सतर्कता अपनाइएको उनको दाबी छ ।

तपाईको प्रतिक्रिया