सिमावर्ती गाउँमा स्वास्थ्य चौकी भवन

समाधान संवाददाता २०७७ मंसिर ११ गते ११:४९

एसके थकाली, लोमान्थाङ

उपल्लो मुस्ताङको सिमावर्ती गाउँ छोसेरमा बुधबार नवनिर्मित स्वास्थ चौकी भवनको उद्घाटन भएको छ । भवनको लोमान्थाङ गापा अध्यक्ष सुवर्णकुमार बिष्टबाट उद्घाटन भएको हो ।

लोमान्थाङ गापाको बहुबर्षिय क्रमागत बिनियोजित बजेट ५० लाख लागतमा भवन सम्पन्न भएको गापा अध्यक्ष बिष्टले जानकारी दिए । उनका अनुसार नवनिर्मित स्वास्थ्य भवनमा ४ कोठा र ट्वालेट बाथरुम छ्न । भवन ३ बर्षमा निर्माण सम्पन्न भएको हो ।

तर,गापाले स्वास्थ्य भवनलाई अस्थाइ रुपमा ५ बेडको कोरोन अस्पतालको रुपमा प्रयोग गर्ने जनाइएको छ । एक स्थानिय तह एक कोरोना अस्पतालको अवधारणा अनुसार सघिय सरकारले १० लाख बजेट बिनियोजन गरेको प्रमुख प्रशासकिय अधिकृत घनश्याम सुवेदीले जानकारी दिए ।

संघ सरकारबाट प्राप्त बजेटले स्वास्थ्यकर्मी ब्यस्थापन कोरोना उपचार सामाग्री व्यवस्थापनमा खर्च गरिने प्रशासकिय अधिकृत सुवेदीले बताए ।

तपाईको प्रतिक्रिया