विपद्पछि विकास निर्माणको स्थितिबारे छलफल

समाधान संवाददाता २०७७ मंसिर ११ गते १२:२०

काठमाडौं, रासस

सभामुख अग्निप्रसाद सापकोटाले बुधबार गृह जिल्ला सिन्धुपाल्चोकको चौतारामा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, स्थानीय तहका प्रमुखहरुसँग विपद्पछि जिल्लाको समग्र अवस्था, विकास निर्माणको स्थितिलगायतका विषयमा छलफल गरेका छन् ।

विपद्पछि भए गरेका क्रियाकलाप र जिल्लाको समग्र विकास निर्माणका विषयमा केन्द्रीत छलफलमा सभामुख सापकोटाले स्थानीय तहका प्रमुखहरुसँग आगामी दिनमा स्थानीय पूर्वाधार विकासका क्षेत्रमा लिनुपर्ने पहलका विषयमा राय, परामर्शसमेत लिए ।

Advertisement

सिन्धुपाल्चोकमा गत असार २५ को बुल्कुटे–खागदल बाढी पहिरो, साउन ३० को लिदी पहिरो र सो पहिरोका कारण विस्थापित भई बाँसखर्कमा अस्थायी स्थानान्तरण भएकाहरुको अवस्था, भदौ २७ गते रातिको नागपुजे पहिरो र सो पहिरोले विस्थापित भएकाहरुको अवस्था तथा विस्थापितहरुका लागि आवश्यक सहयोग उपलब्ध गराउने विषयमा छलफल केन्द्रीत रहेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया