स्थानीय तहका कर्मचारीलाई क्षमता विकास तालिम

समाधान संवाददाता २०७७ मंसिर १२ गते ११:४६

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान, पोखराको आयोजनामा लोकसेवा आयोगबाट गत आवमा सेवा प्रवेश गरेका सहायक स्तरका कर्मचारीहरुका लागि ‘कार्यालय सञ्चालन तथा व्यवस्थापन’ सम्बन्धी सेवा प्रवेश ५ दिने तालिम सुरु भएको छ ।

भर्चुअल माध्यमबाट मंसिर ९ देखि १३ गतेसम्म सञ्चालन हुने प्रशिक्षण कार्यक्रमको शुभारम्भ प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले गरे ।

Advertisement

स्थानीय तहमा सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्कमा रही काम गर्ने प्रशासन सेवा तर्फका विशेष गरी वडा सचिवको जिम्मेवारीमा रहेका कर्मचारीलाई केन्द्रित गरिएको तालिममा म्याग्दी, पर्वत र बागलुङका १५ वटा स्थानीय तहबाट जम्मा ४५ जना कर्मचारी सहभागी छन् ।

सहायकस्तरका कर्मचारीलाई कार्यालय सञ्चालन र व्यवस्थापनका विषयमा अभ्यस्त गराई सेवा प्रवाहको गुणस्तर वृद्धि र कर्मचारीको कार्यसम्पादनमा सुधार ल्याउने उद्देश्य अनुरुप सञ्चालित प्रशिक्षणमा विभिन्न विधामा विशेषज्ञता हाँसिल गरेका स्रोत व्यक्ति÷प्रशिक्षकहरुद्वारा सत्र सञ्चालन गर्ने व्यवस्था गरिएको पाण्डेले बताए ।

Advertisement

कार्यालय व्यवस्थापन, स्थानीय तह सञ्चालन र व्यवस्थापन, स्थानीय तहको आर्थिक कार्यप्रणाली, सेवा प्रवाह, सुशासन र सामाजिक जवाफदेहिता र विकास व्यवस्थापन गरी ५ वटा मोड्युलमा केन्द्रित रहेर हरेक दिन ४ वटा सत्र सञ्चालन गरिने प्रशिक्षणले स्थानीय स्तरमा सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्कमा रही काम गर्नेे कर्मचारीहरुको दैनिक कार्यसम्पादनमा सुधार भई स्थानीय तहको सेवा प्रवाहको प्रभावकारिता वृद्धि हुने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया