३१ युनिट रगत संकलन

समाधान संवाददाता, पोखरा
पाल्पाली समाज पोखराको २७ औं वार्षिकोत्सवको अवसरमा लायन्स क्लब अफ पोखरा तालबाराही र पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बिहीबार खुल्ला रक्तदान कार्यक्रम गरेका छन् ।
पोखरामा रगत अभाव भएको बेलामा भएको कार्यक्रममा ३१ युनिट रगत संकलन भएको थियो ।
गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयका सचिव इन्दु घिमिरेले कार्यक्रमको उद्घाटन गर्दै समाजले जन्मभूमिलाई जोडेर पोखरामा सामाजिक काम गरेको बताइन् ।
‘लगनशिलता र क्रियाशिलताले संस्थाले उद्देश्य र लक्ष्य हासिल गर्न सक्छ, ‘नामले भन्दा कामले चिनिने भएकोले संस्थाले कर्मलाई फैलाउदै जान पर्छ ।’
उनले योजनाबद्ध ढंगले काम गरे संस्थागत विकास हुने उल्लेख गरे ।
लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ बी १ नेपालका रक्तदान डिपार्टमेन्ट चिफ तथा नेपाल रेडक्रस सोसाइटी कास्कीका स्वास्थ्य समितिका सदस्य बालकृष्ण शर्माले पोखरामा रगत अभाव भएकोले सामाजिक संघ संस्थालाई खुल्ला रक्तदान कार्यक्रम गर्न आग्रह गरे ।
उनले रगतको माग बढेपछि रेडक्रस कास्कीले रक्तदान कार्यक्रमलाई अभियानकै रुपमा चलाएको जानकारी दिए ।
कार्यक्रममा पाल्पाली समाज पोखराका अध्यक्ष कुलप्रसाद घिमिरे, प्रथम उपाध्यक्ष रेशम थापा, सचिव केशव नेपाल, पाल्पाली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष चिरञ्जिवी श्रेष्ठ, लायन्स क्लब अफ पोखरा तालबाराहीका अध्यक्ष नारायणप्रसाद पौडेल, उपाध्यक्ष शिव तिमिल्सिनाले रक्तदानको महत्वबारे बोलेका थिए ।









फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
चुनाव आउन ७२ दिन बाँकी : सरकारी तलब खाने र पीआरधारी समानुपातिक उम्मेदवार बन्न अयोग्य
प्रतिभा माविले जित्यो १८औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया