कति छ आज सुनको मूल्य ?

समाधान संवाददाता २०७७ मंसिर १२ गते १२:२२

काठमाडौं ।

स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु २०० ले ओरालो लागेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला रु २०० ले घटेर रु ९१ हजार ३०० मा कारोवार भएको छ ।

बिहीबार छापावाला सुन प्रतितोला रु ९१ हजार ५०० मा कारोवार भएको थियो ।

तेजाबी सुन प्रतितोला रु ९० हजार ८०० मा कारोवार भएको छ । बिहीबार प्रतितोला रु ९१ हजारमा कारोवार भएको थियो ।

चाँदी आज प्रतितोला रु एक हजार १६५ मा कारोवार भएको छ ।

तपाईको प्रतिक्रिया