कास्कीका २ संक्रमितको मृत्यु

समाधान संवाददाता २०७७ मंसिर १२ गते १२:४७

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा थप २ कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनलाय गण्डकी प्रदेशका अनुसार मृतक सबै कास्कीका छन् ।

मृत्यु हुनेमा कास्की पोखरा २ का ५९ वर्षीया पुरुष कोरोना संक्रमित छन् । उनकोे बिहिबार बेलुका चरक मेमोरियल अस्पतालमा निधन भएको हो ।

Advertisement

मंसिर ५ गते कोरोना भाइरस संक्रमण पुष्टि भएका उनमा मृगौला र मधुमेहको समस्या थियो ।

कास्की पोखरा ३२ का ६६ वर्षीय कोरोना संक्रमित महिलाको आज पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो ।

Advertisement

५ गते कोरोना पुष्टि भएकी उनमा कोरोनासँगै निमोनियाको समस्या थियो ।

यससँगै गण्डकी प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय ४६ पुगेको छ ।

तपाईको प्रतिक्रिया