कास्कीका २ संक्रमितको मृत्यु
समाधान संवाददाता
२०७७ मंसिर १२ गते १२:४७

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशमा थप २ कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनलाय गण्डकी प्रदेशका अनुसार मृतक सबै कास्कीका छन् ।
मृत्यु हुनेमा कास्की पोखरा २ का ५९ वर्षीया पुरुष कोरोना संक्रमित छन् । उनकोे बिहिबार बेलुका चरक मेमोरियल अस्पतालमा निधन भएको हो ।
मंसिर ५ गते कोरोना भाइरस संक्रमण पुष्टि भएका उनमा मृगौला र मधुमेहको समस्या थियो ।
कास्की पोखरा ३२ का ६६ वर्षीय कोरोना संक्रमित महिलाको आज पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो ।
५ गते कोरोना पुष्टि भएकी उनमा कोरोनासँगै निमोनियाको समस्या थियो ।
यससँगै गण्डकी प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय ४६ पुगेको छ ।
सम्बन्धित








पुष्प सदन एकेडेमीको अभिभावक दिवस
प्रगति माध्यमिक विद्यालयको खेल उत्सव सुरु
उत्पादनमा लगानी गर्दै अर्घौं कृषि सहकारी
नेका धादिङ पोखरा समितिको रक्तदानमा ४६ पिन्ट रगत संकलन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया