पश्चिमाञ्चलमा ५५ संक्रमितको मृत्यु, ८० प्रतिशत ५० वर्षमाथिका

समाधान संवाददाता, पोखरा
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भर्ना भएर उपचार गर्दा गर्दै अहिलेसम्म ज्यान गुमाएका कोभिड १९ संक्रमितको संख्या ५५ पुगेको छ ।
तीमध्ये ५० वर्षभन्दा माथिका बिरामीको संख्या ८० प्रतिशत रहेको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले दिएका छन् ।
उनका अनुसार ६० वर्षमाथिका बिरामीलाई आधार मान्दा मृत्युदरको प्रतिशत ४८ हुन्छ । त्यस्तै २० देखि ४० वर्ष उमेर समूहको मृत्युदर ५१ प्रतिशत छ ।
अस्पतालको आइसोलेसन, प्रिआइसोलेसन लगायतमा कोभिडका बिरामीको औसत बसाइदर ९ दिन हुने गरेको जानकारी डा. आचार्यले दिए ।
यो अस्पतालमा कोभिड १९ का पहिलो बिरामी जेठ १५ गते भर्ना भएका थिए । २५ जेठमा पहिलो मृत्यु भएको थियो ।
गण्डकी प्रदेशमा शुक्रबारसम्म कोभिडबाट १ सय ४८ जनाको ज्यान गएको छ ।
संक्रमित संख्या ११ हजार ६ सय ८६ पुगेको छ । ६८ सय ५९ जना निको भएका छन् ।
आचार्यले कोभिड १९ को महामारीपछि पनि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ३ हजार ३ सय ७ जना सुत्केरी भएको जानकारी दिएका छन् ।
उनका अनुसार त्यसमध्ये २२ सय जना सामान्य सुत्केरी भए भने बाँकीको अप्रेसन गरिएको थियो ।
अस्पतालमा २१ सय १४ वटा अप्रेसन भएको जानकारी आचार्यले दिए । त्यसमध्ये १५ सय ७७ जटिल अप्रेसन र ५ सय ३७ वटा सामान्य हुन् ।









ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया