४२ युनिट रगत संकलन

समाधान संवाददाता २०७७ मंसिर १३ गते १२:४२

समाधान संवाददाता, पोखरा

आदर्श युवा क्लबको आयोजनामा शुक्रबार पोखरा २९ भण्डारढिक रंगशालामा आयोजित रक्तदानमा ४२ युनिट रगत संकलन भएको छ ।

क्लबको २३ औं वार्षिकोत्सवको अवसरमा आयोजित २१ औं रक्तदान कार्यक्रममा ४२ युनिट रगत संकलन भएको हो ।

Advertisement

रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २९ का वडा अध्यक्ष तथा क्लबका संस्थापक अध्यक्ष चेतबहादुर गुरुङले पहिलो रक्तदाता खड्की गुरुङलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै गुरुङले युवा वर्गलाई खेलकुद र सामाजिक अभियानमा अग्रसर गराउने अवधारणाका साथ स्थापना भएको क्लबले जीवन मरणको दोसाँधमा रहेकाको जीवनलाई नयाँ जीवन दिन रक्तदान जस्तो महान कार्य गरेकोमा क्लबको प्रशंसा गरेका थिए ।

Advertisement

कार्यक्रमका बिच वडा नं २९ का सहरी स्वाथ्य केन्द्रका प्रमुुख विशाल पौडेललाई वडाको स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।

कार्यक्रममा भण्डारढिक टोल विकास संस्थाका अध्यक्ष अरुण गुरुङ, नवज्योति टोल विकास संस्थाका अध्यक्ष जित गुरुङ, जनप्रकाश टोल विकास संस्थाका अध्यक्ष सुवेदार चन्द्रबहादुर गुरुङ, क्लबका संस्थापक सदस्य समाजसेवी श्रीप्रसाद गुरुङ, नवदुर्गा टोल बिकास संस्थाका अध्यक्ष चिनबहादुर गुरुङ लगायतले रत्तदानको महत्व र उपयोगिताका बारेमा जानकारी गराएका थिए ।

क्लवका अध्यक्ष लक्ष्मीप्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य निबर्तमान अध्यक्ष बिशाल श्रेष्ठले गरेका थिए भने सञ्चालन क्लबका सचिव पदम गुरुङले गरेका थिए ।

तपाईको प्रतिक्रिया