सन्दीपमा कोरोना संक्रमण

समाधान संवाददाता २०७७ मंसिर १३ गते १२:४९

समाधान संवाददाता

ग्लोबल आइकन तथा नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सन्दीपले सामाजिक सञ्जालमा आफूलाई कोरोना संक्रमण पुष्टि भएको जनाएका छन् ।

Advertisement

आफूमा बुधबारबाट कोरोनाका लक्षण देखिएको र अहिले होम आइसोलेसनमा रहेको बताएका छन्ु ।

आफ्नो स्वास्थ्य अवस्था सुधार भइरहेको र छिट्टै मैदान फर्कने बताएका छन् ।

Advertisement

यस अघि नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल र भेट्रान स्पिनर बसन्त रेग्मीमा कोरोना देखिएको थियो ।

तपाईको प्रतिक्रिया