प्रदेश प्रमुख अधिकारीलाई काेराेना संक्रमण

समाधान संवाददाता २०७७ मंसिर १३ गते १५:१७

पाेखरा

प्रदेश नम्बर १ का प्रमुख साेमनाथ अधिकारी प्यासीलाई काेराेना संक्रमण देखिएकाे छ । काेराेनाकाे सामान्य लक्षण देखिएपछि उनले प्रदेश जनस्वास्थ्य प्रयाेगशाला विराटनगरमा शुक्रबार बिहान स्वाब परीक्षण गरिएकाे हाे ।

समाधानसँग कुरा गर्दै प्रदेश प्रमुख अधिकारीले काेराेना पुष्टि भए पनि आफ्नाे स्वास्थ्य अवस्था सामान्य रहेकाे बताए ।

Advertisement

शुक्रबार राति नै प्राप्त रिपोर्ट अनुसार प्रदेश प्रमुख अघिकारीमा संक्रमण पुष्टि भएकाे अधिकारीका स्वकीय सचिव प्रतीक ढकालले बताए ।

प्रदेश प्रमुखकाे स्वास्थ्य अवस्था सामान्य रहेकाले हाेम आइसाेलेसनमा रहेकाे ढकालले बताए ।

Advertisement

प्रदेश प्रमुख ७२ वर्षे अधिकारीसँगै उनकी ६४ वर्षीया श्रीमती जानुका र एक सुरक्षाकर्मीमा पनि संक्रमण देखिएको सचिवालयले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया