पोखरा हार्डवयर एसोसिएसनमा शेषकान्त ढकाल

समाधान संवाददाता २०७७ मंसिर १३ गते १७:४४

समाधान संवाददाता
पोखरा

पोखरा हार्डवयर एसोसिएसनको अध्यक्षमा शेषकान्त ढकाल निर्वाचित भएका छन् । संस्थाको शनिबार भएको २७ औं वार्षिक साधारण सभा तथा १४ औं अधिवेशनले ढकालनको नेतृत्वमा समिति चयन गरेको हो ।

नवनिर्वाचित अध्यक्ष र सदस्यको बैठकले शनिबार नै पदाधिकारी तया जिम्मेवारी बाँडफाँट गरेको छ । उपाध्यक्षमा पृथ्वीराज तिमिल्सिना र अर्जुनबहादुर थापा, महासचिवमा कृष्णप्रसाद कोइराला, सचिवमा दिवसमान प्रधानांग र कोषाध्यक्षमा राजेन्द्र भण्डारी चयन भएका छन् ।

Advertisement

सदस्यमा क्रमश शंकर ओझा, प्रकाशचन्द्र घिमिरे, प्रतापराज पौडेल, रामेश्वर आचार्य, अमरबहादुर केसी निर्वाचित भए ।

पहिलो बैठकले सुलोस कुँवर, विनोद केसी र सन्दिप कुवरलाई सदस्यमा मनोनय गरेको छ ।

Advertisement

संस्थाका अध्यक्ष कृष्णमुरारी आचार्य ‘वनमाली’ को अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष योग्रेन्द्र प्रधान प्रमुख अतिथि थिए ।

निर्वाचन अधिकृत अधिवक्ता सुकदेव गौतमले निर्वाचित टिमको घोषणा तथा पद र गोपनीयताको सपथ गराए ।

कार्यक्रममा संस्थाका वरिष्ठ सल्लाहाकार महेश पराजुली र प्रेमप्रसाद पौडेल, पूर्व अध्यक्ष अर्जुन बन्जरा, लेखनाथ हार्डवयर एसोसिएसनका निवर्तमान अध्यक्ष शैलेन्द्रमोहन भट्टराई लगायतले भनाइ राखेको संस्थाका महासचिव अर्जुनबहादुर थापाले बताए ।

तपाईको प्रतिक्रिया