शनिबार ४ को मृत्यु, १७६ मा संक्रमण

समाधान संवाददाता २०७७ मंसिर १३ गते १९:२१

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा थप ४ कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य निर्देशनलाय गण्डकी प्रदेशका अनुसार कास्की २, तनहुँ र लमजुङका १÷१ जनाको मृत्यु भएको छ ।

Advertisement

मृत्यु हुनेमा कास्की पोखरा १५ का ५२ वर्षीय पुरुष कोरोना संक्रमित छन् । उनकोे शुक्रबार गण्डकी मेडिकल कलेजमा निधन भएको हो ।

मंसिर ८ गते कोरोना भाइरस संक्रमण पुष्टि भएका उनमा निमोनिया र मधुमेहको समस्या थियो ।

Advertisement

कास्की पोखरा १० का ६९ वर्षीय कोरोना संक्रमित पुरुषको शुक्रबार राति साढे ९ बजे गण्डकी मेडिकल कलेजमा निधन भएको हो । मृतकमा मंसिर १० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

तनहुँ रिसिङ गाउँपालिका ८ की ७८ वर्षीया कोरोना संक्रमित महिलाको शुक्रबार बेलुका ७ बजे मनिपाल शिक्षण अस्पतालमा मृत्इु भएको हो ।

उनमा मंसिर ११ गते कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

लमजुङ मध्यनेपाल ६ का ८५ वर्षीय कोरोना संक्रमित पुरुषको शनिबार दिउँसो २ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको छ ।

कात्कि २८ गते कोरोना संक्रमण पुष्टि भएका उनमा निमोनिया र मृगौलाको समस्या थियो ।

यससँगै गण्डकी प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय ५२ पुगेको छ ।

शनिबार प्रदेशमा १ सय ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रदेशका १० जिल्लामा १ सय ७६ संक्रमित थपिएका हुन् ।
थपिनेमा कास्कीका ९८ जना छन् ।

लमजुङमा २३, तनहुँमा २१, गोखरामा १३ संक्रमित थपिँदा नवलपुरमा ९, बागलुङमा ४, पर्वत, मुस्ताङमा २/२ तथा म्याग्दीमा १ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार ८ सय ६२ पुगेको छ । त्यसमध्ये ६ हजार ८ सय ६८ संक्रमित निको भएका छन् ।

तपाईको प्रतिक्रिया