नेकपा कुनै पनि हालतमा फुट्दैनः मुख्यमन्त्री

समाधान संवाददाता, स्याङ्जा ।
गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्बीसुब्बा गुरुङले नेकपा कुनै पनि हालतमा नफुट्ने बताएका छन् । पुतलीबजार नगरपालिका ७ मा विश्वशान्ति स्तूपको शिलान्यासका गर्दै मुख्यमन्त्री गुरुङले सानातिना विमतिले पार्टी झन् स्पात बन्ने बताए ।
ठूला पार्टी फुटेमा देश कमजोर बन्ने बताउँदै मुख्यमन्त्री गुरुङले पार्टी फुट्दा जनतालाई ठूलो घाटा पुग्ने विचार राखे । मुलुकको समृद्धिका लागि दुई कम्युनिष्ट पार्टी एक भएको र जनताले बहुमत दिएको बताउँदै मुख्यमन्त्री गुरुङले बर्तमान सरकार ५ वर्ष सत्ता चलाउने दाबी गरे ।
कामको गति अब पछाडि नफर्कने बताउँदै मुख्यमन्त्री गुरुङले राजा ल्याउने भनेर आवाज उठाउन पाएपनि आउन नसक्ने बताए । गण्डकी प्रदेश सरकारले सात वटै प्रदेशमा सबै भन्दा ठुलो छलाङ हानेको बताउदै मुख्यमन्त्री गुरुङले प्रदेश सकारले खानेपानी, स्वास्थ्य, पूर्वाधार, शिक्षा सबै क्षेत्रमा ठूलो प्रगति गरेको सुनाए ।
प्रदेश सरकारले एक बर्ष भित्र हरेक घरमा बिजुली, खानेपानी पु¥याउने बताउँदै मुख्यमन्त्री गुरुङले ३६ वटा प्रदेशमा एक÷एक सडकको काम अन्तिम चरणमा पुगेको बताए । उनले मनाङ र मुस्ताङमा सोलार तथा अन्य जिल्लामा नेसनल ग्रेडको बत्ती बल्ने बताउँदै मुख्य मन्त्री गुरुङले अबको १० वर्षमा मिनरल पानी जस्तै सफा र सुद्ध पानी धारामा झर्ने बताए ।
सुझाव र आलोचनाबाट काम सिक्दै गएको बताउँदै मुख्यमन्त्री गुरुङले काम गर्न चाहेमा रकमको अभाव नहुने सुनाए । ‘संघीयताले गाउँगाउँमा विकास आएको छ,’ मुख्यमन्त्री गुरुङले भने, ‘शान्तिस्तूप पनि संघीयताको एक उदाहरण हो ।’
कार्यक्रममा संघीय संसद नारायणप्रसाद मरासिनी, प्रदेश सांसद मीनप्रसाद गुरुङ, दीपक चर्ती मगर, जिल्ला समन्वय समिति प्रमुख सीता सुन्दास, पुतलीबजार नगरपालिका प्रमुख सीमा कुमारी क्षेत्री, नेकपा जिल्ला सचिवालय सदस्य मन बहादुर थापा लगायतले मन्तव्य राखेका थिए ।
विश्वशान्ति स्तूप पुतलीबजार नगरपालिकाले संघ र स्थानियको सहकार्यमा बनाउन लागेको हो ।
३ करोड ६८ लाख ८७ लाख ५२४ रुपैयाँ १७ पैसाको लागतमा निर्वाण हुन लागेको स्तूपमा ५० प्रतिशत संघ, ३० प्रतिशत नगरपालिका र २० स्थानीयको लगानी रहेको छ । १० मिटर डायमिटर रहने स्तूप ११५ फिटको रहने छ । रिसोर्ट, ध्यान केन्द्रसहित ० रोपनी क्षेत्रफलमा स्तूप बन्नेछ । गत साउन २३ गते काम गर्ने सम्झौता गरेको नयाँबाटो दर्शन÷राङखोला जेभीले दुई वर्षमा निर्माण सक्ने छ ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया