काेपिलामा ठाकुर

समाधान संवाददाता २०७७ मंसिर १५ गते १२:०७

समाधान संवाददाता, पोखरा ।

कोपिला बचत तथा ऋण सहकारी संस्थाको १३ औं साधारण सभा तथा पाँचौं अधिवेशनबाट ठाकुरप्रसाद पोखरेल अध्यक्ष चयन भएका छन् ।

समिति उपाध्यक्ष कृष्णकुमार श्रेष्ठ, सचिव सञ्जय पौडेल, कोषाध्यक्ष विष्णुप्रसाद अधिकारी, लेखा संयोजक केशवराज अधिकारी छानिए ।

Advertisement

समिति सदस्यमा निर्मला अधिकारी, किशोर अधिकारी, धनेश्वर अधिकारी, उपेन्द्रराज पोखरेल, घननाथ सापकोटा, भरत आचार्य रहेको निर्वाचन समिति संयोजक ज्ञानबहादुर कार्कीले जानकारी दिए ।

सहकारीका अध्यक्ष सूर्यबहादुर जिसीको अध्यक्षतामा भएको सभामा सहकारी डिभिजन तथा प्रशिक्षक कार्यालयका अधिकृत बलराम शर्मा, जगतप्रसाद शर्मा, विष्णुप्रसाद अधिकारी, निर्मला लामिछाने, ठाकुरप्रसाद पौडेल लगायतले बोलेका थिए ।

Advertisement

सेयर पुँजी ३ करोड ३३ लाख ६४ हजार रहेको सहकारीको खुद नाफा १५ लाख ६३ हजार रहेको छ । सहकारीले ११ करोड ३५ लाख ९७ हजार ऋण लगानी तथा १० करोड ४१ लाख २४ हजार निक्षेप रहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया