लिभोनको स्याम्पु किनेकी अक्सालाई स्कुटर उपहार

समाधान संवाददाता, पोखरा ।
लिभोन नेपालको मासिक भाग्यशाली उपहार कार्यक्रम शनिबार पोखरामा सञ्चालन भएको छ । डिपार्टमेन्ट स्टोर भाटभटेनीमा आयोजित कार्यक्रममा मिस नेपाल अर्थ २०१९ रिया बस्नेतले भाग्यशाली कुपन निकालेकी थिइन् ।
त्यसक्रममा पोखराकै अक्सा गुरुङ विजेता बनिन् । अक्साले लिभोनका स्याम्पु र कन्डिसनर किन्दाको कुपन ५९२२ भाग्यशाली निस्किएको थियो । गुरुङले उपहार स्वरुप यामाहाको फ्यासिनो स्कुटर प्राप्त गरेकी छन् ।
देशभरका भाटभटेनी डिपार्टमेन्ट स्टोरमा लिभोनलेका स्याम्पु र कन्डिसनर किनेका ग्राहकहरुको कुपनलाई बाकसमा राखेर तीमध्येबाट एउटालाई स्कुटर उपहारका लागि चुनिएको थियो ।
लिभोनले सञ्चालन गरेको भाग्यशाली उपहार कार्यक्रमको यो तेस्रो शृंखला थियो । कार्यक्रममा सहभागीहरुबीच क्विज सञ्चालन गरी उपहार प्रदान गरिएको थियो । त्यस क्रममा अन्य भाग्यशाली कुपनहरु पनि छनोट गरिएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा स्थापित ब्रान्ड लिभोनका केश तेल, प्रिवास, इनवास, पोस्टवास लगायत उत्पादन लोकप्रिय छन् । कम्पनीका स्याम्पु र कन्डिसनरहरु पाराबेनमुक्त रहेको बताइएको छ । लिभोन नेपाली युवती लक्षित उत्पादन भएको पनि कम्पनीको दाबी छ ।
भाग्यशाली विजेता छनोट भइसकेपछि कार्यक्रममै डाकिएकी स्कुटर विजेता अक्सा गुरुङले आफू निकै खुसी भएको सुनाइन् । ‘मेरो स्कुटर थोत्रो भइसकेको थियो, यो स्कुटर उपहार पाएर निकै खुसी लागेको छ,’ उनले भनिन् ।









महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
विद्यार्थीलाई साइबर अपराधबाट जोगाउन सचेतना अभियान
आर्थिक सुधार गर्दै मझेरी सहकारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया