लिभोनको स्याम्पु किनेकी अक्सालाई स्कुटर उपहार

समाधान संवाददाता, पोखरा ।
लिभोन नेपालको मासिक भाग्यशाली उपहार कार्यक्रम शनिबार पोखरामा सञ्चालन भएको छ । डिपार्टमेन्ट स्टोर भाटभटेनीमा आयोजित कार्यक्रममा मिस नेपाल अर्थ २०१९ रिया बस्नेतले भाग्यशाली कुपन निकालेकी थिइन् ।
त्यसक्रममा पोखराकै अक्सा गुरुङ विजेता बनिन् । अक्साले लिभोनका स्याम्पु र कन्डिसनर किन्दाको कुपन ५९२२ भाग्यशाली निस्किएको थियो । गुरुङले उपहार स्वरुप यामाहाको फ्यासिनो स्कुटर प्राप्त गरेकी छन् ।
देशभरका भाटभटेनी डिपार्टमेन्ट स्टोरमा लिभोनलेका स्याम्पु र कन्डिसनर किनेका ग्राहकहरुको कुपनलाई बाकसमा राखेर तीमध्येबाट एउटालाई स्कुटर उपहारका लागि चुनिएको थियो ।
लिभोनले सञ्चालन गरेको भाग्यशाली उपहार कार्यक्रमको यो तेस्रो शृंखला थियो । कार्यक्रममा सहभागीहरुबीच क्विज सञ्चालन गरी उपहार प्रदान गरिएको थियो । त्यस क्रममा अन्य भाग्यशाली कुपनहरु पनि छनोट गरिएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा स्थापित ब्रान्ड लिभोनका केश तेल, प्रिवास, इनवास, पोस्टवास लगायत उत्पादन लोकप्रिय छन् । कम्पनीका स्याम्पु र कन्डिसनरहरु पाराबेनमुक्त रहेको बताइएको छ । लिभोन नेपाली युवती लक्षित उत्पादन भएको पनि कम्पनीको दाबी छ ।
भाग्यशाली विजेता छनोट भइसकेपछि कार्यक्रममै डाकिएकी स्कुटर विजेता अक्सा गुरुङले आफू निकै खुसी भएको सुनाइन् । ‘मेरो स्कुटर थोत्रो भइसकेको थियो, यो स्कुटर उपहार पाएर निकै खुसी लागेको छ,’ उनले भनिन् ।








कास्की क्षेत्र नम्बर २ मा रास्वपाबाट उत्तम पौडेलको उम्मेदवारी दर्ता
देशभर २ हजार ९२५ उम्मेदवारी दर्ता, ३३६ महिला चुनावी मैदानमा
कास्की क्षेत्र नम्बर १ मा कांग्रेस, एमाले र रास्वपासहित १७ जनाको उम्मेदवारी दर्ता
म्याग्दीमा महावीर पुनसहित १३ जनाको उम्मेदवारी दर्ता, चुनावी माहोल तातियो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया