मिलिजुली बचतमा आचार्य

समाधान संवाददाता २०७७ मंसिर १५ गते १२:२४

समाधान संवाददाता, पाेखरा ।

मिलीजुली बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा ज्ञानहरि आचार्य चयन भएका छन् । आइतबार भएको सहकारीको को १३ औं साधारण सभा तथा ७ औं अधिवेशनबाट आचार्य निर्विरोध निर्वाचित भएका हुन् । सहकारीको उपाध्यक्षमा लेखनाथ सोती, सचिवमा लेखनाथ पौडेल, सहसचिवमा लक्ष्मी कुँवर, कोषाध्यक्षमा माधवी नेपाल निर्वाचित भएका छन् ।

सदस्यमा रामचन्द्र पौडेल, मधुसूदन कोइराला, ओम गुरुङ र देवी श्रेष्ठ चुनिएको सहकारीका अध्यक्ष ज्ञानहरि आचार्यले बताए । सहकारीको लेखा समिति संयोजकमा टीकाराम सुवेदी निर्वाचित भए । निर्वाचन पूर्वअध्यक्ष मीनराज काफ्लेको संयोजकत्वमा भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया