सोमबार ५ को मृत्यु

समाधान संवाददाता २०७७ मंसिर १५ गते १९:१६

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा थप ५ कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य निर्देशनलाय गण्डकी प्रदेशका अनुसार कास्कीका ४ र स्याङ्जाका १ जना छन् ।

Advertisement

मृत्यु हुनेमा कास्की पोखरा १३ का ७८ वर्षीया महिला कोरोना संक्रमित छन् । उनको सोमबार दिउँसो साढे १ बजे मनिपाल शिक्षण अस्पतालमा निधन भएको हो । मंसिर १४ गते कोरोना भाइरस संक्रमण पुष्टि भएकी उनमा निमोनियाको समस्या थियो ।

कास्की पोखरा १८ का ५१ वर्षीय कोरोना संक्रमित पुरुषको आइतबार राति पौने ९ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको छ । ११ मंसिरमा कोरोना पुष्टि भएका उनमा निमोनियाको समस्या थियो ।

Advertisement

स्याङ्जा वालिङ नगरपालिका १४ का ६७ वर्षीय कोरोना संक्रमित पुरुषको सोमबार बिहान २ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो । निमानियाको समस्या देखिएका उनमा मंसिर ११ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

कास्की पोखरा ३ का ६५ वर्षीय कोरोना संक्रमित पुरुषको आइतबार दिउँसो साढे ४ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको छ । ८ मंसिरमा कोरोना पुष्टि भएका उनमा निमोनियाको समस्या थियो ।

कास्की पोखरा १६ का ५७ वर्षीय कोरोना संक्रमित पुरुषको आइतबार बिहान ४ बजे चरक मेमोरियल अस्पतालमा निधन भएको छ । १२ मंसिरमा कोरोना पुष्टि भएका उनमा निमोनिया, मधुमेह, थाइराइड र मृगौलाको समस्या थियो ।

यससँगै गण्डकी प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय ५९ पुगेको छ ।

सोमबार प्रदेशमा ९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेशका ८ जिल्लामा ९१ संक्रमित थपिएका हुन् ।

थपिनेमा कास्कीका ४५ जना छन् । गोरखामा १२, म्याग्दीमा १०, बागलुङमा ८ संक्रमित थपिँदा स्याङ्जामा ७, नवलपुरमा ४, मुस्ताङमा ३ र तनहुँमा २ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रदेशमा कोरोना संक्रमितको संख्या १२ हजार ५८ पुगेको छ । त्यसमध्ये ६ हजार ९ सय १० संक्रमित निको भएका छन् ।

तपाईको प्रतिक्रिया