महेन्द्र पुलका होटल ब्यवसायी तुलाचनको निधन

समाधान संवाददाता २०७७ मंसिर १६ गते ९:२६

समाधान संवाददाता, पोखरा

बिगत साढे २ दशकदेखि निरन्तर होटल ब्यवसायमा समर्पित होटल होटल न्यु साग्रीला महेन्द्रपुलका सन्चालक सुर्य बहादुर तुलाचनको काठमान्डौ धुम्बाराहि स्थित हेम्स अस्पतालमा सोमबार निधन भएको छ ।

पुख्र्यौली घर मुस्ताङको घासा भएपनी लामो समय उहाको परिवार कास्किको अन्न्पुर्ण गापा लुम्ले हुँदै २०५० सालमा पोखरामा स्थान्तरण भएका थिए ।

३ साता अघि स्वास्थ्यमा समस्या देखिएपछी ५८ बर्षको उमेरमा असामयिक निधन भएको परिवार श्रोतले जनाएको छ ।

उनको काठमाडौंस्थित स्वयम्भुमा अन्तेष्टी गरिएको छ ।

पोखरामा पृथ्वी होटल ब्यवसायी समितिका उपाध्यक्षसमेत रहेका तुलाचन थकाली सेवा समितिमा कार्यसमिती सदस्य हुन ।

होटल ब्यवसायी तुलाचनका ३ छोरा ,२ बुहारी र २ नाति र नातिनी छन ।

तपाईको प्रतिक्रिया