नेपाली विभागमा ‘चरी लैजा समाचार’

समाधान संवाददाता २०७७ मंसिर १६ गते ११:०२

समाधान संवाददाता, पोखरा

पृथ्वीनारायण क्याम्पस पोखराको नेपाली विभागमा शनिबार ‘चरी लैजा समाचार गीतको निहितार्थता विश्लेषण’ विषयमा छलफल गरिएको छ ।

प्राध्यापकहरुको प्राज्ञिक उन्नयनका निम्ति विभागले गरेको यो नवौं गोष्ठी हो ।

Advertisement

विभागकै सदस्य उपप्राध्यापक श्रीधर न्यौपानेले गोष्ठीपत्र प्रस्तुत गरेका थिए ।‘चरी लैजा समाचार’शीर्षकको प्रस्तुत गीत संगीत श्रोताले रचना गरेका हुन् ।

यो गीत सातवटा अनुच्छेद र पचासवटा पंक्तिमा संरचित छ । यो गीत अञ्जान बाबु र संगीत श्रोताले स्वर दिएको भिडियोमा पनि संरक्षित छ । यस गीतमा प्राकृतिक विपत्तिले मानववस्ती र तिनको जीवनलाई क्षति पु¥याएको कुरालाई मुख्य विषय बनाइएको छ ।

Advertisement

न्यौपानेले गोष्ठीपत्रमा गीतले व्यक्त गरेका अर्थलाई निहितार्थताका कोणबाट विश्लेषण गरेका छन् ।

विश्लेणका निम्ति संकेत निर्मिति, पाठसंसार निर्मिति, कार्यकलाप निर्मिति, सामाजिक सांस्कृतिक निर्मिति, राजनीतिक निर्मिति, सम्बन्धगत निर्मिति गरी छवटा कोणलाई आधार बनाएका छन् ।

प्रस्तुत गरिएको उक्त गोष्ठीपत्रमाथि डा.वासुदेव भण्डारी टिप्पणी गरेका थिए । टिप्पणी पछि डा.लक्ष्मीशरण अधिकारी, प्राडा यदुनन्दन ढकाल, डा. भूमिराज बस्ताकोटी, पशुपति न्यौपानेलगायतका व्यक्तिले छलफलमा भाग लिए ।

कार्यक्रममा सहायक क्याम्पसप्रमुख उपेन्द्र पौडेलले विश्वविद्यालयलाई समयसापेक्ष गतिशील बनाउनका निम्ति यस्ता प्राज्ञिक गोष्ठीहरु गर्दै अगाडि बढेमा विश्वविद्यालयले गति लिने कुरा व्यक्त गरेका थिए । यसै क्रममा नेपाली विभागले गरेका गतिविधि उदाहरणीय रहेको रहेको भन्दै प्रशंसा गरेका थिए ।

विभागीयप्रमुखप्राडा कुसुमाकर न्यौपानेको अध्यक्षतामा सम्पन्न यस कार्यक्रममाविभागीय सदस्यउपप्राध्यापक निर्मल सापकोटाले स्वागतमन्तव्य र उपप्राध्यापक यादवराज उपाध्यायले कार्यक्रम सञ्चालनगरेका थिए ।

यस्तै प्रतिवेदनलेखकनको जिम्मेवारी उपप्राध्यापक नारायण न्यौपानेले वहन गरेका थिए ।

यस विभागले हालै मदनपुरस्कार प्राप्त महारानी उपन्यासमा केन्द्रित भएर आगामी शनिबार गोष्ठी गर्ने तयारी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया