नेकपाकाे सचिवालय बैठकमा अध्यक्षका प्रस्तावमाथि छलफल सुरु

समाधान संवाददाता २०७७ मंसिर १६ गते १७:१०

समाधान संवाददाता, काठमाण्डाैं ।

नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकमा पार्टी अध्यक्षहरुले प्रस्तुत गरेकाे प्रतिवेदनहरु माथि छलफल सुरु भएकाे छ । बैठकमा दुवै अध्यक्षले एकले अर्कालाइ दाेष लगाउदै प्रतिवेदन प्रस्तुत गरेका छन् ।

प्रधानमन्त्री कार्यालय बालुवाटारमा बसेको केन्द्रीय सचिवालय बैठक बुधबार दिउँसो एक बजे फेरि बालुवाटारमै बस्ने निर्णय गर्दै सकिएको छ।

Advertisement

बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहालले राखेका राजनीतिक प्रस्तावहरुमाथि औपचारिक छलफल भएको तथा उक्त छलफल बुधबार पनि निरन्तर गर्ने सहमति भएको छ। बैठकमा अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीले ल्याएको ३८ पानाको राजनीतिक प्रस्तावको जवाफ पेश गरेका थिए।

प्रधानमन्त्री ओलीले भने बैठकको वैधानिकता सकिएको जिकिर बैठकको सुरुमै गरे पनि अन्य सदस्यहरुले बैठक बस्नु आवश्यक रहेको बताए पछि मंगलबारको बैठक बसेको थियो।

Advertisement

नेकपाको जारी विवाद समाधान गरी एउटा निष्कर्शमा पुग्न अनौपचारिक रुपमा छलफल तथा अन्तर्क्रियाहरु जारी राख्ने निर्णय भएको पनि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

‘यसका लागि अनौपचारिक छलफल र अन्तर्क्रिया अघि बढाउन आवश्यक ठानिएको छ,’ श्रेष्ठले भने।

औपचारिक बैठक बुधबार १ बजे बालुवाटारमा बस्ने जानकारी पनि उनले दिए।

बैठकमा अन्य सचिवालय सदस्यहरुले पनि टिप्पणी गरेका थिए।

‘पार्टी एकताको रक्षा गर्दै असहमतिको कारणको पहिचान गर्दै छलफल अघि बढाउने प्रयत्न छ। औपचारिक तथा अनौपचारिक छलफलले स्पष्ट निष्कर्ष निकाल्नेछौँ,’ श्रेष्ठले सञ्चारकर्मीहरुसँग भने।

१८ गतेका लागि निर्धारित स्थायी समितिको बैठकलाई जारी सचिवालय बैठकले कुनै फरक नपार्ने पनि श्रेष्ठले बताए।

तपाईको प्रतिक्रिया