पाेखरामा बजार बिक्री प्रतिनिधि संघको आकस्मिक रक्तदान

समाधान संवाददाता, पोखरा
रगतको अभाव भएपछि नेपाल बजार बिक्री प्रतिनिधि संघ, गण्डकीले पोखरामा मंगलबार गरेको कार्यक्रमममा ५१ युनिट रगत संकलन भएको छ ।
बिरामीको चाप बढेसँगै रगतको अभाव भएपछि रक्तसञ्चार केन्द्र पोखराको अनुरोधमा आकस्मिक रुपमा कार्यक्रम गरिएको संघ गण्डकी अध्यक्ष गोविन्द ढुंगानाले बताए ।
पोखरा ८ की वडा सदस्य किरण गौतमले पहिलो रक्तदाता सुरेन्द्र अधिकारीलाई ब्लडब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरिन् ।
संघका संस्थापक उपाध्यक्ष एवं केन्द्रीय सल्लाहकार वसन्तराज सिग्देलले सधैं आफ्नो पेसामा व्यस्त हुने बिक्री प्रतिनिधिहरुले केही फुर्सद निकालेर सेवाभावको काम गरेको बताए ।
कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समूह कास्कीका अध्यक्ष जीतेन्द्रमान शाक्यले स्वस्थ मानिसले प्रत्येक ३ महिनामा रगत दान गर्न सक्ने बताए । रक्तसञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले अहिले कोरोना त्रासका कारण रक्तदान कार्यक्रम नै कम हुँदा उपचार समेत प्रभावित भएको बताए ।
वडा सदस्य किरण गौतमले कार्यक्रम आयोजक र रक्तसञ्चार केन्द्रको क्रियाशीलताको प्रशंसा गरिन् । कार्यक्रममा नेपाल बजार बिक्री प्रतिनिधि संघका संस्थापक अध्यक्ष प्रेम गौतमले सहयोग गरेका थिए ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया