स्याङ्जाबाट घुससहित सब–इन्जिनियर पक्राउ

समाधान संवाददाता २०७७ मंसिर १६ गते २०:०१

समाधान संवाददता, पोखरा

अख्तियारले घुससहित स्याङ्जाबाट १ जना सब–इन्जिनियरलाई पक्राउ गरेको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन ईकाई स्याङ्जा अन्तर्गत भीरकोट नगरपालिकामा कार्यरत असिस्टेन्ट सब–इन्जिनियर भगवती राउत पक्राउ परेकी हुन् ।

Advertisement

उनलाई ५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा भीरकोट नगरपालिका–१ बयरघारीबाट नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

असिस्टेन्ट सब–इन्जिनियर राउतले भूकम्प पुनःनिर्माण लाभग्राहीको घर निर्माणमा रकम निकासा गरिदिएबापत विभिन्न बहाना बनाई घुस मागेकी थिइन् ।

Advertisement

उनलाई अख्तियारको पोखरा कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया