गण्डकीमा थप १२२ जनामा कोरोना

समाधान संवाददाता २०७७ मंसिर १६ गते २०:५९

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा थप १ संक्रमितको मृत्यु पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय, गण्डकीका अनुसार गोरखाकी १ संक्रमितको मृत्यु भएको हो ।

Advertisement

गोरखा नगरपालिका ६ की ७५ वर्षीया वृद्धाको १२ मंसिरमा उपचारका क्रममा मृत्यु भएको हो ।

निर्देशनालयले मंगलबार उनको मृत्यु पुष्टि गरेको हो । उनमा ९ मंसिरमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा निमोनियाको समस्या देखिएको थियो । यससँगै गण्डकी प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय ६० पुगेको छ ।

Advertisement

मंगलबार प्रदेशमा १ सय २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रदेशका ८ जिल्लामा १ सय २२ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।

थपिनेमा कास्कीका ९४ जना छन् । नवलपुरमा ११, तनहुँमा ७, स्याङ्जामा ४ र बागलुङमा ३, म्याग्दी, गोरखा र पर्वतमा १÷१ जना संक्रमित थपिएका हुन् ।

प्रदेशमा कोरोना संक्रमितको संख्या १२ हजार १ सय ८० पुगेको छ । त्यसमध्ये ७ हजार ७२ संक्रमित निको भएका छन् ।

तपाईको प्रतिक्रिया