स्याङ्जामा अवैध काठ बरामद

समाधान संवाददाता २०७७ मंसिर १७ गते ७:००

समाधान संवाददाता, वालिङ

स्याङ्जाको पिँडीखोलामा अवैध काठ बरामद गरिएको छ । गल्याङ नगरपालिका— ६ छबिसेमा ग १ त ५३४८ नम्बरको ट्याक्टरबाट साल, चिलाउने र मौवाको काठ बरामद भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

उक्त ट्याक्टरबाट १४ थान चिरेको पुरानो सालको काठ, १२ थान चिलाउनेको काठ र ४ थान मौवाको काठ बरामद गरिएको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

Advertisement

काठ बोकेको आरोपमा ट्याक्टर चालक गल्याङ ५ बस्ने २० वर्षीय मनिष क्षेत्रीलाई सब डिभिजन वन कार्यालय गल्याङ बुझाइएको प्रहरीले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया