स्याङ्जामा अवैध काठ बरामद
समाधान संवाददाता
२०७७ मंसिर १७ गते ७:००

समाधान संवाददाता, वालिङ
स्याङ्जाको पिँडीखोलामा अवैध काठ बरामद गरिएको छ । गल्याङ नगरपालिका— ६ छबिसेमा ग १ त ५३४८ नम्बरको ट्याक्टरबाट साल, चिलाउने र मौवाको काठ बरामद भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
उक्त ट्याक्टरबाट १४ थान चिरेको पुरानो सालको काठ, १२ थान चिलाउनेको काठ र ४ थान मौवाको काठ बरामद गरिएको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।
काठ बोकेको आरोपमा ट्याक्टर चालक गल्याङ ५ बस्ने २० वर्षीय मनिष क्षेत्रीलाई सब डिभिजन वन कार्यालय गल्याङ बुझाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित








इन्जिनियरिङ पश्चिमाञ्चल क्याम्पसको प्रमुखमा डा. घिमिरे नियुक्त
एलिट ट्रफी क्रिकेट प्रतियोगिता ४ गतेदेखि हुने
म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान
उज्ज्वल सहकारीमा दोहोरिए नरेन्द्र
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया