फेदीखोलामा पाठ्यक्रम निर्माण कार्यशाला

समाधान संवाददाता २०७७ मंसिर १७ गते ८:३९

समाधान संवाददाता, पोखरा

स्याङ्जाको फेदीखोला गाउँपालिकाको आयोजनामा र साभ नेपाल नामक संस्थाको सहजीकरणमास्थानीय पाठ्यक्रम निर्माणसम्बन्धी तीन दिने कार्यशाला सोमबार सम्पन्न भएको छ ।

कार्यक्रमको पहिलो दिन स्थानीय पाठ्यक्रमसम्बन्धी कार्यपत्रहरु प्रस्तुत गरिएका थिए । कार्यक्रममा सघीय सांसद नारायण मरासिनीले स्थानीय पाठ्यक्रमले स्थानीय संस्कृति र सम्पदाहरुको संरक्षण गर्ने र ग्रामीण उद्यमशीलताको विकासमा टेवा पु¥याउने धारणा व्यक्त गरे ।

Advertisement

गण्डकी प्रदेश सभासद मीनप्रसाद गुरुङले जातिजनतजितका लोप हुन लागेका महत्वपूर्ण लोकसंस्कृतिहरुको संरक्षणका लागि पनि स्थानीय पाठ्यक्रमको औचित्य रहेको धारणा व्यक्त गरे ।

कार्यशालाको दोस्रो दिन विभिन्न वडाहरुका जनप्रतिनिधि, विद्यालयका शिक्षक, विद्यार्थी, विभिन्न पेसा व्यवसायसँग सम्बन्धित व्यक्तिहरुसँग स्थानीय पाठ्यक्रममा समावेश गर्न सकिने विषयवस्तुहरुका सम्बन्धमा अन्तरक्रिया गरिएको थियो ।

Advertisement

स्थानीय पाठ्यक्रम कस्तो बनाउने भन्ने विषयमा स्थानीयहरुको आवश्यकता र स्रोतको पहिचान गर्ने उद्देश्यसहित गरिएको उक्त अन्तरक्रियामा सहभागीहरुले समूहमा छलफल गरी निष्कर्ष प्रस्तुत गरेका थिए ।

कार्यक्रम समापन समारोहमा जिल्ला समन्वय समितिकी सभापति सीता सुन्दासले स्थानीय पाठ्यक्रमले स्थानीय आवश्यकताको सम्बोधन गरी व्यक्तिलाई आफ्नो पहिचान दिलाउन महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरिन् ।

उनले स्थानीय सीप र ज्ञानको संरक्षणलाई आयआर्जनसँग जोड्दै तिनलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पु-याउन सके त्यसबाट उद्यमशीलताको विकास हुने भएकाले स्थानीय पाठ्यक्रममा त्यस्ता विषयवस्तुहरुले प्राथमिकता पाउनुपर्ने विचार व्यक्त गरिन् ।

फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले फेदीखोलाको वास्तविक ऐना देखिने गरी स्थानीय पाठ्यक्रम निर्माण हुनुपर्ने र त्यसका लागि गाउँपालिकाले संवेदनशील भएर जिम्मेवारी बहन गर्ने धारणा व्यक्त गरे ।

साभ नेपालका अध्यक्ष लेखक तथा अनुसन्धानकर्ता तुलसी प्रवासले स्थानीय पाठ्यक्रमका रुपमा फेदीखोलाको पहिचान झल्कने महत्वपूर्ण दस्तवेज यहाँकै भाइबहिनीहरुका हातहातमा पु¥याउने उद्देश्य बोकेर आफूहरु अगाडि बढिरहेको जनाए ।

समापनका दिन तीन दिनसम्मका गतिविधिको समीक्षा गर्दै प्राप्त निष्कर्षहरुलाई प्रस्तुत गरिएको थियो । स्थानीय पाठ्यक्रम निर्माणका अन्तर्राष्ट्रिय अभ्यासहरुको तुलनात्मक अध्ययन गरिएको थियो ।

सहजीकरण गर्ने संस्था साभ नेपालका अध्यक्ष तुलसी प्रभासले छ्लफलबाट प्राप्त विषयवस्तु प्रमुख अतिथि, गाउँपालिका अध्यक्ष, शिक्षा प्रमुख, लगायतलाई हस्तान्तरण गरे ।

उद्घाटन कार्यक्रममा संघीय सांसद नारायण मरासिनी, गण्डकी प्रदेश सांसद मीनप्रसाद गुरूङ, पाठ्यक्रम विज्ञ ध्रुवराज खनाल, कृषि विज्ञ वासुदेव काफ्ले, लेखक तथा प्राध्यापक युवराज पौडेल, लेखक तथा प्राध्यापक सुन्दर मानन्धर, गाउँपालिका उपाध्यक्ष देवी थापासहित सम्पूर्ण जनप्रतिनिधिहरू, शिक्षाविद् लगायत विभिन्न क्षेत्रका व्यक्तिवहरूको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया