सुनको मूल्य ५ सय रुपैयाँ बढ्यो
समाधान संवाददाता
२०७७ मंसिर १७ गते १२:५२

काठमाडौं
नेपालमा आज सुनको मूल्यमा ५ सयले वृद्धि भएको छ । छापावाला सुन मंगलबारको तुलनामा प्रतितोला ५ सयले वृद्धि भएर ९१ हजारमा कारोबार भइरहेको छ ।
छापावाला सुन मंगलबार प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । सोमबारको तुलनामा आजसम्म आइपुग्दा पहेँलो धातुको मूल्य प्रतितोला एक हजारले वृद्धि भएको छ ।
यस्तै तेजाबी सुनसमेत आज प्रतितोला ५०० ले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रतितोला ९० हजार ५० रुपैयाँमा मंगलबार कारोबार भएको तेजाबी सुन आज भने ९० हजार ५५० मा कारोबार भएको छ ।
यस्तै चाँदी आज प्रतितोला एक हजार १८५ मा कारोवार भएको छ । चाँदी प्रतितोला एक हजार १५५ रुपैयाँमा मंगलबार कारोवार भएको थियो । चाँदी प्रतितोला ३० रुपैयाँले वृद्धि भएको छ ।
सम्बन्धित








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया