४८२ स्वाब जाँच्दा ११७ जनालाई कोरोना

समाधान संवाददाता २०७७ मंसिर १७ गते १९:५७

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा बुधबार १ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ४ सय ८२ स्वाब परीक्षण गर्दा १ सय १७ जनामा पोजेटिभ देखिएको हो ।

कोरोना पुष्टि हुनेमा कास्कीका ३५, लमजुङका २५, तनहुँका २३, गोरखाका १७, बागलुङका १०, पर्वतका ३, स्याङ्जाका २, नवलपुर र मुस्ताङका १ जना छन् ।

Advertisement

योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या १२ हजार २ सय ९७ पुगेको छ । संक्रमितमध्ये ७ हजार २ सय ४३ जना निको भएका छन् ।

संक्रमितमध्ये १ सय ६२ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए । बुधबार २ संक्रमितको मृत्यु भएको छ ।

Advertisement

कास्की र नवलपुरका १/१ संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा पोखरा महानगरपालिका १४ की ४८ वर्षे महिला र नवलपुरको कावासोती नगरपालिका १४ का ७८ वर्षे पुरुष छन् ।

नवलपुरका संक्रमितको मध्यविन्दु जिल्ला अस्पताल र पोखराका संक्रमितको मनिपाल शिक्षण अस्पतालमा मृत्यु भएको निर्देशक शर्माले जानकारी दिए ।

तपाईको प्रतिक्रिया