यस्तो हुनेछ पर्सिसम्मको मौसम

काठमाडौं
देशका चार प्रदेशको मौसम बद्लिनुका साथै केहि स्थानमा हल्का वर्षाको सम्भावना देखिएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज लुम्बिनी, गण्डकी, बाग्मती र प्रदेश १ को पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश नं १ का पहाडी भू–भागका एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना छ ।
महाशाखाबाट जारी बुलेटिनमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नभएकाले केहि पहाडी भूभागबाहेक अन्यत्रको मौसम सामान्यतया सफा रहने छ ।
शुक्रबार र शनिबार पनि देशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ।
देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भु–भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
वर्षा हुने क्षेत्रमा थप चिसो बढ्ने भएकाले सतर्क हुन पनि महाशाखो अपिल गरेको छ ।
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस छ भने जुम्लाको १.९ डिग्री सेल्सियसमा झरेको छ । चिसो क्रमशः बढ्ने क्रममा रहेको मौसमविद्हरुले बताएका छन् ।
यस्तो हुनेछ आगामी तीन दिनको मौसम
मंसिर १८ गते (बिहिबार)
दिउँसो : लुम्बिनी, गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश नं १ का पहाडी भू-भागका एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना छ । बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
राति : लुम्बिनी, गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ।देशका बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
मंसिर १९ गते (शुक्रबार)
दिउँसो : देशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । बाँकि स्थानहरुमा मौसम आंशिक बदली रहनेछ ।
राति : देशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा छिटपुट वर्षाको सम्भावना छ । बाँकि स्थानहरुमा मौसम आंशिक बदली रहनेछ ।
मंसिर २० गते (शनिबार)
दिउँसो : देशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । बाँकि स्थानहरुमा मौसम आंशिक बदली रहनेछ ।
राति : प्रदेश १ तथा बाकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा छिटपुट वर्षाको सम्भावना छ । बाँकि स्थानहरुमा मौसम आंशिक बदली रहनेछ ।









सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
रिभानमा एक्यापको ३९औँ वार्षिकोत्सव, कृषि प्रदर्शनी र संरक्षणकर्मीलाई सम्मान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया