भरुवा बन्दुक पड्किएर उदयपुरमा वन रक्षकको मृत्यु

समाधान संवाददाता २०७७ मंसिर १८ गते १०:३३

उदयपुर

भरुवा बन्दुक पड्किएर उदयपुरमा वन रक्षकको मृत्यु भएको छ ।

बुधबार राति बन्दुक पड्किएर वन रक्षक सुनसरी दुहवी घर भएका ४० वर्षीय लेखनाथ वाँस्तोलाको मृत्यु भएको उदयपुर प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले जानकारी दिए ।

दाहालका अनुसार वाँस्तोला सव डिभिजन वन कार्यालय तपेश्वरीमा कार्यरत वन रक्षक हुन् । जंगलमा गस्तीका निस्किएका वन रक्षकले लोड गरेको अवस्थामा भरुवा बन्दुक फेला पारेर राति १० बजेतिर कार्यालय ल्याएका थिए ।

वनकै गाडीमा राखेर ल्याइएको बन्दुक गाडीबाट निकाल्ने क्रममा उदयपुरको बेलका नगरपालिका–१ स्थित कार्यालयको गेट अगाडि पड्किएको उनको भनाइ छ ।

बन्दुकको छर्राले छात्तीमा लागेपछि वास्तोलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया