न्यायपालिका सुधारका लागि सरोकारवालासँग छलफल

बलेवा
न्यायपालिकामा हुनसक्ने विकृति विसङ्गति अनियमितता तथा बिचौलियाबाट हुने प्रभाव कम गर्न गठित अध्ययन कार्यदलले बागलुङका सरोकारवालासँग छलफल गरेको छ ।
सर्वोच्च अदालतले गठन गरेको उक्त समितिका सदस्य तथा सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतले बुधबार उच्च अदालत बागलुङसहित पर्वत, बागलुङ र म्याग्दीका जिल्ला न्यायाधीश, बार, सुरक्षा अधिकारी, कर्मचारी, पत्रकारलगायतसँग भेट गरेका हुन् ।
अदालतमा हुने ढिलासुस्ती अन्त्य गर्ने, बिचौलियाका कारण न्याय सम्पादनमा असर परे नपरेको बुझ्ने तथा अन्य विकृति विसङ्गति के हुन सक्छन् भनेर छलफल गरेको उनले बताए ।
न्यायाधीश राउतले न्यायपालिकाको आस्था जोगाउन र आम जनतामा न्यायपालिकामाथिको विश्वास कायम राख्न समितिले अध्ययन, छलफल र देशव्यापीरूपमा सुझाव सङ्कलन गरेको बताए ।
“आम नागरिकको न्यायमा पहुँच बढाउन के गर्न सकिन्छ भनेर छलफल गर्दैछौँ”, राउतले भने, “नागरिकको सही दृष्टिकोणअनुसारको सुझाव पेश गर्छौँ ।” उक्त सुझावबारे सर्वोच्चको पूर्ण इजलासले छलफल गर्ने र देशभरका न्यायालयमा सुधार ल्याउने उनले बताए ।
बुधबारै उनले कर्मचारीको बैठकमा न्यायालयमा अनियमितता रोक्न आग्रह गरे । उनले कानूनअनुसारको न्यायसम्पादनको काम सफल पार्न कर्मचारीले खेल्नुपर्ने भूमिकाबारे पनि प्रष्ट पारेका थिए ।
अभियानका क्रममा रजिष्ट्रार लालबहादुर कुँवरले पनि देशभरको सुझावबाट निस्कने निष्कर्षको आधारमा अदालतको सुधारको कार्ययोजना बनाउने बताए । न्यायाधीश राउतले पत्रकारसँग पनि छलफल गरेका थिए । रासस









वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया